Blogroll

Thursday, January 30, 2014

गुगलले लेनोभोलाई बेच्यो मोटोरोला मोबाइल

motorola-logo
मोबाइल फोन निर्माता कम्पनी मोटोरोलाको स्वामित्व गुगलले चिनियाँ कम्पनी लेनोभोलाई बिक्रि गरेको छ ।
प्रबिधि दुनियाँलाई छक्क पार्ने गरि सम्पन्न यो डीलमा गुगलले मोटोराला कम्पनी २ अर्ब ९१ करोड अमेरिकी डलरमा बिक्रि गरेको छ ।
अस्तित्वका लागि संर्घष गरिरहेको मोटोरोलालाई गुगलले सन् २०१२ मा साढे १२ अर्ब अमेरिकी डलरमा किनेको थियो । जसलाई अहिलेसम्मकै गुगलको सवैभन्दा ठूलो खरिदका रुपमा लिइन्थ्यो । तर, गुगलले झण्डै १० अर्ब डलर घाटा खाएर कम्पनी लेनोभोलाई बेचेको छ ।
एन्ड्रोइड स्मार्टफोन र ट्याबलेट लगायतका केही आर्कषक र नाफामुलक प्याटेन्ट राइट भने गुगलले आफैसँग राखेको छ । मोटोरोलाले झण्डै २ हजार प्याटेन्ट र फोन उत्पादन युनिट आफ्नो स्वामित्वमा लिएको छ ।


गुगलले एक बक्तब्य जारी गर्दै स्मार्टफोन बजार अत्यन्तै प्रतिस्पर्धी भएको  र गुगललेभन्दा लेनोभोले मोटोरोलाको ब्रान्डलाइ चम्काउन सक्ने भएकाले बिक्रि गरिएको बताएको छ ।
मोटोरोला खरिदसँगै इन्टरनेट बादशाह गुगल हार्डवेयर बजारमा प्रवेश गरेको मानिएको थियो । तर, दुई बर्ष नबित्दै मोटोरोला बेच्नुले कतै गुगल हार्डवयेर मार्केटबाट पछि हट्न त खोजेको हैन् भन्ने आशंका जन्माएको छ । तर, गुगल कार्यकारी ल्यारी पेज भने त्यसरी अर्थ लगाउन नमिल्ने बताउँछन् ।
ग्लोबल बन्दै लेनोभो
lenovo-mobileयो खरिदसँगै चिनियाँ कम्प्युटर निर्माता लेनोभो स्मार्टफोन प्रतिस्पर्धामा खरो उत्रिने र ग्लोबल बन्ने दाउमा छ ।
‘तिब्र गतिमा बिस्तार भइरहेको मोबाइल बजारमा यो खरिदे हामीलाई तुरुन्तै बलियो र बिश्वब्यापी खेलाडीका रुपमा स्थापित हुने अबसर दिने छ ।’ लेनेभोका प्रमुख कार्यकारी अधिकृत याङ युयाङक्वीङले भने ।
मोटोरालालाई खरिद गरेपनि गुगलले त्यसको प्रर्बद्धनमा त्यति आक्रामक बनेको थिएन् । गुगलको क्षमताको अनुचित लाभ मोटोरोलालाई नहोस र अन्य एन्ड्रोइड फोन उत्पादकसँगको बजार नबिग्रियोस भन्नेमा उ सधै सचेत देखिन्थ्यो ।
मोटोरोलाको रि–ब्राण्डिङका लागि झण्डै ५ सय मिलियन अमेरिकी डलर खर्च गरे पनि सोंचेजस्तो नतिजा आउन सकेको थिएन् । कम्पनीको घाटा बढ्दै गएपछि गुगलले यो युनिट नै बेच्ने निर्णयमा पुगेको बीबीसीले बिश्लेषण गरेको छ ।
मोटोरोला खरिदपछि लेनेभोलाई भने उत्तरी अमेरिका र युरोपेली बजारमा प्रवेश सहज हुनेछ । डेस्कटप कम्प्युटर र ल्यापटमा निर्माणमा बिश्वकै नम्बर एक र दुई स्थानमा रहन सफल लेनेभो पछिल्लो दिनमा स्मार्टफोन बजारमा केन्द्रित छ ।

No comments:

Post a Comment