Blogroll

BTemplates.com

Discount Coupons
Discount Coupons About

Wednesday, May 14, 2014

श्रुति शंबेगबाट सुबिन भट्टराईको चर्चित उपन्यास 'समर लभ' : Download

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'समर लभ'
लेखक : सुबिन भट्टराई 
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० माघ २४ गते तदनुसार 7th February 2014 शुक्रबार  सुबिन भट्टराईको उपन्यास  'समर लभ'  अदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
(Listen and Download Novel Summer Love written by Subin Bhattrai from Shrutisambeg)
LISTEN AND DOWNLOAD
Episode 1 : (07-02-2014/2070-10-24)

Download : Click Here to Download Episode 1
Episode 2 : (14-02-2014/2070-11-02)

Download : Click Here to Download Episode 2
Episode 3 : (21-02-2014/2070-11-09)

Download : Click Here to Download Episode 3
Episode 4 : (28-02-2014/2070-11-16)

Thursday, January 30, 2014

डेटिङका लागि १० लाखको अफर, तर, कस्ता–कस्ता सर्त ?

चीनमा युवाहरुले पैसा तिरेर प्रेमिका खोज्ने नौलो होइन, खासगरी नयाँ वर्षको अबसरमा ।
यतिबेला चीनमा नयाँ बर्ष चलिरहेको छ । अविभावक नभएका तरुनी–तन्नेरीहरुका लागि पैसा अफर गरेर प्रेमिका खोज्नु अहिले सामान्य जस्तै बनेको छ ।
chines boy offerतर, हालै एक चिनियाँ धनाढ्य युवकले डेटका अनौठो बिज्ञापन गरेका छन् । झण्डै १० लाख चिनियाँ युयान अफर गरेका उनले युवतीको रुप, रुङ, आकार, हाइट, पढाई आदि बिषयमा अनेक सर्त राखेका छन् ।
उनको पहिलो सर्त छ, युवती भर्जिन हुनु पर्नेछ । यति मात्र होइन, २५ वर्षभन्दा कम उमेरको हुनु पर्नेछ, तौल ५० किलोभन्दा कम हुनुपर्ने छ र उचाई कम्तिमा १.६८ मिटर । यी युवाको सर्त यति मै सकिन्न् । उनको माग छ– केटीले ब्याचलर डिग्री पास गरेकै हुनुपर्छ ।
उनले यस्ता सर्तसहितको बिज्ञापन त्यहाँको चर्चित सामाजिक संजाल वीबोमा प्रकाशन गरेका छन् ।
बिज्ञापनमा उनले आफ्ना अगाडी पैसाबो बिटा राखेर तस्वीर पनि छपाएका छन् ।
काममा ब्यस्त भएकाले डेटिङ पार्टनर खोज्न नभ्याएको भन्दै उनले आफ्नो प्रस्तावलाई गम्भिररुपमा लिन आग्रह गरेका छन् ।
उनले आफ्नो पहिचान नखुलाए पनि यो अफर बास्तविक रहेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

गर्नु गर्यो फेसबुकले, आधुनिक अमेरिकी युवती भारतमा बुर्हातन खेप्दै

उमेरका दिनमा टु पिस लगाएर क्यालिफोर्नियको सामुद्रिक किनारमा टहलिने, पार्टीहरुका ककटेलमा रमाउने  अमेरिकी युवती आजकल भारतको एउटा गाउँमा परम्परागत शैलीमा बुर्हातन गर्दैछिन् ।
हरियाणाको पनिपात गाउँमा अहिले यी युवती बिहानै उठेर लिपपोत गर्छिन, श्रीमान् र सासुलाई खाना पकाएर खुवाउँछिन, भाँडा माझ्छिन, अनि दिउँसो बयलगाडा लिएर पतिसँगै मेलापात जान्छिन् ।
क्यालिफोर्नियाको आधुनिक जीवन छाडेर, उनका लागि झण्डै साताब्दी पुरानो लाग्ने यो दिनचर्यामा जीउन प्रेरित गर्ने एउटै आधार हो– प्रेम ।
Adriana-Peral-2

एड्रियाना क्यालिफोर्नियामा(बायाँ) र बिबाहका बेला भारतीय परम्परागत पहिरनमा(दायाँ)
फेसबुकमार्फत् चिनजान भएका भारतीय युवक मुकेशकुमारसँग बिबाह गरेर अहिले उनी हरियाणमा हाँसीखुसी गाउँले महिलाको जीवन बिताइरहेकी छिन ।
४१ वर्षीया एड्रियानाले गत अगष्टमा आफ्नो छोरीकै  उमेरका भारतीय युवा मुकेशकुमारलाई फेसबुक साथी बनाइन् । त्यो भेटघाट प्रेम र बिबाहमा परिणत हुन केही महिना पनि लागेन् ।
अहिले २५ बर्षिय मुकेशकुमार उनका पति हुन् । उनी भन्छिन–‘मुकेशसँगको जीवन निकै राम्रो छ । यो म संसारको कुनै पनि चिजसँग साट्न सक्दिन ।’

लिपिष्टिकले ‘सेक्सी’ देखिएको भन्दै बीबीसीका दुई प्रस्तोतमाथि प्रतिबन्ध

Helen-Skelton-and-Dionne-Br
रातो लिपिस्टिकका कारण सेक्सी देखिएको भन्दै बीबीसी फिमेल चिल्ड्रन टीभीले एक महिला प्रस्तोतामाथि प्रतिवन्ध लगाएको छ ।
हेलेन स्केलटन र डिओन ब्रोमफिल्डमाथि बीबीसीले प्रतिवन्ध लगाउँदै आउँदा दिनमा महिलाको रोल मोडल बन्ने गरि फेसन गर्न र उत्तेजक नहुन निर्देशन दिएको छ ।
यसको कारण खुलाउँदै बीबीसी फिमेल चिल्ड्रन टीभीका सम्पादक मिलोसा हार्डिङले भनेकी छिन्-कार्यक्रम निर्माता युवा दर्शकलाई सेक्सी प्रस्तुती र खराव भाषाबाट टाढा राख्न सचेत हुनुपर्छ ।’
किशोरी दर्शकहरुले आफ्नो प्रस्तोताले कस्तो ड्रेस लगाउँछन् भनेर हेर्ने भन्दै उनले केही प्रस्तोताहरु एकदमै सेक्सी देखिएका कारण उनीहरुलाई पिपिष्टिक हटान आफुले आदेश दिएको बताइन् ।

फेसबुक चलाउँदा मानसिक रोग निको !

सामाजिक संजाल फेसबुकमा तपाई दिनमा कति घण्टा बिताउनुहुन्छ ? कहिलेकाहीं यसको प्रयोग कुलतकै तहमा पुग्यो कि भनेर चिन्तित त हुनुभएको छैन ?
Facebookयदि त्यसो हो भने तपाईका लागि खुसीको खवर छ । फेसबुक चलाउँदा प्रयोगकर्ताको मानसिक उपचार हुने हालै सार्वजनिक एक अनुसन्धानले दावी गरेको छ ।
अष्ट्रेलियाको क्विन्सल्याण्ड स्कूल अफ टेक्नोलोजीले हालै सार्वजनिक गरेको अनुसन्धानले फेसबुकलाई ‘सेल्फ थेरापी’ अर्थात स्वउपचारको माध्यमका रुपमा ब्याख्या गरेको छ ।
‘सामाजिक संजालले मानिसलाई आफ्ना धारणा र काम अरुसँग बाँडन् अभिप्रेरित गर्छ, गलत कामको प्रायश्चित गर्छ र उपलब्धीप्रति गौरव गर्छ’ अनुसन्धानमा निष्र्कष निकालिएको छ-’यो एक ऐनाजस्तै बनेको छ जसले प्रयोगकर्ताका लागि मानसिक उपचारको माध्यमको रुपमा काम गर्छ ।’
पहिले पहिले आफ्ना बिषयमा लेख्नु कथित ठूला र बौद्धिक मानिसको मात्र कामजस्तो बुझिदै आएको थियो । तर, फेसबुकले आम मानिसलाई मन लागेको कुरा लेख्ने र सेयर गर्ने मौका दिएको र यसले प्रयोगकर्ताले आफ्नै आनीबानीमा सुधार गर्ने मौकासमेत पाएको बताइएको छ ।

गुगलले लेनोभोलाई बेच्यो मोटोरोला मोबाइल

motorola-logo
मोबाइल फोन निर्माता कम्पनी मोटोरोलाको स्वामित्व गुगलले चिनियाँ कम्पनी लेनोभोलाई बिक्रि गरेको छ ।
प्रबिधि दुनियाँलाई छक्क पार्ने गरि सम्पन्न यो डीलमा गुगलले मोटोराला कम्पनी २ अर्ब ९१ करोड अमेरिकी डलरमा बिक्रि गरेको छ ।
अस्तित्वका लागि संर्घष गरिरहेको मोटोरोलालाई गुगलले सन् २०१२ मा साढे १२ अर्ब अमेरिकी डलरमा किनेको थियो । जसलाई अहिलेसम्मकै गुगलको सवैभन्दा ठूलो खरिदका रुपमा लिइन्थ्यो । तर, गुगलले झण्डै १० अर्ब डलर घाटा खाएर कम्पनी लेनोभोलाई बेचेको छ ।
एन्ड्रोइड स्मार्टफोन र ट्याबलेट लगायतका केही आर्कषक र नाफामुलक प्याटेन्ट राइट भने गुगलले आफैसँग राखेको छ । मोटोरोलाले झण्डै २ हजार प्याटेन्ट र फोन उत्पादन युनिट आफ्नो स्वामित्वमा लिएको छ ।

किसानले फलाए महिलाको स्तन जस्तै आलु

     एजेन्सी - बेलायतका एक किसानले आफ्नो बारीमा अनौठो आलु फेला परेका छन् । सुन्दै अचम्म लाग्ने उक्त आलु हेर्दा महिलाको दुई वटा स्तानको आकारमा रहेको छ । उक्त आलु निकै दुर्लभ र अनौठो मानिएको छ ।
       बेलायतको हर्बोरा शहरका किसान केभिन स्टोक्सले आफ्नो खेतीमा उक्त अनौठो आलु फेला परेको बेलायति सञ्चार माध्यमहरुले जनाएका छन् । स्टोक्सले आफ्नो ३० बर्षको अनुभबमा यो निकै नौलो भएको प्रत्रिकृया दिएका छन् । यो आलुलाई हाल उनकै फार्म हाउसमा सुरक्षित राखिएको छ भने यसलाई संरक्षण गर्ने उपायको खोजि हुँदै गरेको पनि जनाइएको छ ।
खरका अनुसार स्तन आकारको यो आलुको प्रयोग पनि स्तन क्यान्सर पिडित महिलाहरुको सहयोगको लागी नै प्रयोग गरिने जनाइएको छ । जसको लागी ‘पोट्याटो काउन्सिल’ नामक संस्थानै खडा गरिएको छ ।

यौनकर्मीलाई हत्या गरेर लाशसँग यौनसम्बन्ध राखेपछि ......

दुईजना यौनकर्मीलाई हत्या गरेर उनीहरुको लाससँग यौन सम्बन्ध राख्ने विश्वबिद्यालयका २३ वर्षीय एक युवकलाई चीनमा मृत्युदण्डको फैसला सुनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानमा रहेको अधिकारीहरुका अनुसार ती युवकले आफुलाई मरेको लाससँग यौन सम्बन्ध राख्ने उत्कृष्ट चाहना भएकोले यस्तो गरेको बयानमा बताएका छन् ।
विश्वविद्यालयका कक्षा छुटेपछि तनावमा रहेकाले यसबाट छुटकारा पाउन उनले यौनकर्मीलाई  डाकेको अनुसन्धानमा खुलेको छ । त्यस युवतीको लासलाई जहाज मार्फत घरमा ल्याई सो लाससँग यौनसम्बन्ध राखी आफ्नो बगैँचामा गुपचुप गाडेका थिए ।
चाङचुनस्थित जिलिन विद्यालयमा डिजाईन विषय अध्ययनरत ती युवतीलाई आफुले हत्या गरी यौन सम्बन्ध राखेको पनि अनुसन्धानमा खुलाएका छन् । इन्टरनेटमार्फत एक २० वर्षीय युवतीलाई समेत भाडामा लिएको जनाएको छ । गत २३ मार्चमा फेरी अर्की एक यौनकर्मीलाई पनि त्यस्तै गरेका थिए । पछि एक फोरेन्सीक मनोविदले उनी पागल नभएको र सबै घटनाको जिम्मेवारी लीनै हुनुपर्ने बताएपछि त्यहाँको एक अदालतले उनलाई दोषी ठहर गरेको हो । पिडित परिवारलाई ८० हजार युआन क्षतिपुर्तीसहित उनलाई मृत्युदण्डको फैसला सुनाएको एजेन्सीले जनाएको छ ।

मेरो कथा January 30th 2014



Tuesday, January 28, 2014

दुःखी आमाहरुको तस्वीर कथा, बच्चा पाउन ९ दिनसम्म पैदल

Ladakh-child
परिवारमा नयाँ सदस्यको आगमन हरेक परिवारका लागि खुसीको क्षण हुन्छ । धेरैसँग लागि अस्पताल गएर सहज रुपमा सन्तान जम्माएको अनुभव होला । तर, उत्तर भारतको लद्दाखका आमाहरुको कथा भिन्न छ ।
दैनिक ८ घण्टासम्म हिडेर नवौं दिनमा चिकित्सक सुविधासम्म पुग्नु एक आमाका लागि कति संघर्षपूर्ण होला ? संर्घष यतिमै सकिन्न । आमा बनेपछि भर्खरै जन्मिएको शिशुलाई टोकरीमा राखेर माइनस ३५ डिग्री सेल्सियस चिसोमा ९ दिनसम्म हिडेर घर पुग्नु पर्र्छ ।
Ladakh-child-1
फाटो पत्रकार टिम भोल्मरले तस्वीर ती दुःखी आमाहरुको कथा उतारेका छन् । लद्दाखको एक परिवारले ११ हजार १२३ फीट उचाइमा रहेको हिउँले ढाकिएको नदी किनारमा गरेको संघर्षपूर्ण यात्रा तस्वीरमा समेटिएको छ । नदीको गति तिब्र भएपछि किनारमा भने हिउँ जमेको हुन्छ, जहाँको तापक्रम माइनस ३५ डिग्रिसम्म झर्छ ।

महिलाको टाउकोमा तीन सय दुम्सीका काँडा !

Sandra-Nabucco
झट्ट सुन्दा पत्याउन गाह्रो हुन्छ । तर, यो ब्राजिलको रियो दि जेनेरियोमा भएको सत्य घटना हो । रियो दि जेनेरियोको गाभियामा एक महिलाको टाउकोमा दुम्सीको २ सय ७२ काँडा गाडिएका छन् ।
कुकुरलाई लिएर हिडिरहेको अवस्थामा सान्ड्रो नोबुको दुम्सीको आक्रमणमा परेकी हुन् । उनलाई छिमेकीले उद्दार गरेर तत्काल अस्पताल पुर्‍याए । दुम्सीका काँडा निकालेर डाक्टरले एन्टिवायोटिक औषधी दिएका छन् ।
घटनाबारे सम्झँदै उनले भनेकी छिन्-’मैले टाउकोमा केही खसेको जस्तो महसुस गरेँ । त्यसपछि काँडाले घोचेजस्तो भयो र निकै दुख्यो ।’ केहीले आफूलाई उक्त क्षेत्रमा जोडी दुम्सी रहेको बताए पनि कहिल्यै नदेखेको उनले बताइन् ।