Blogroll

Thursday, January 30, 2014

यौनकर्मीलाई हत्या गरेर लाशसँग यौनसम्बन्ध राखेपछि ......

दुईजना यौनकर्मीलाई हत्या गरेर उनीहरुको लाससँग यौन सम्बन्ध राख्ने विश्वबिद्यालयका २३ वर्षीय एक युवकलाई चीनमा मृत्युदण्डको फैसला सुनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानमा रहेको अधिकारीहरुका अनुसार ती युवकले आफुलाई मरेको लाससँग यौन सम्बन्ध राख्ने उत्कृष्ट चाहना भएकोले यस्तो गरेको बयानमा बताएका छन् ।
विश्वविद्यालयका कक्षा छुटेपछि तनावमा रहेकाले यसबाट छुटकारा पाउन उनले यौनकर्मीलाई  डाकेको अनुसन्धानमा खुलेको छ । त्यस युवतीको लासलाई जहाज मार्फत घरमा ल्याई सो लाससँग यौनसम्बन्ध राखी आफ्नो बगैँचामा गुपचुप गाडेका थिए ।
चाङचुनस्थित जिलिन विद्यालयमा डिजाईन विषय अध्ययनरत ती युवतीलाई आफुले हत्या गरी यौन सम्बन्ध राखेको पनि अनुसन्धानमा खुलाएका छन् । इन्टरनेटमार्फत एक २० वर्षीय युवतीलाई समेत भाडामा लिएको जनाएको छ । गत २३ मार्चमा फेरी अर्की एक यौनकर्मीलाई पनि त्यस्तै गरेका थिए । पछि एक फोरेन्सीक मनोविदले उनी पागल नभएको र सबै घटनाको जिम्मेवारी लीनै हुनुपर्ने बताएपछि त्यहाँको एक अदालतले उनलाई दोषी ठहर गरेको हो । पिडित परिवारलाई ८० हजार युआन क्षतिपुर्तीसहित उनलाई मृत्युदण्डको फैसला सुनाएको एजेन्सीले जनाएको छ ।

No comments:

Post a Comment