Blogroll

Wednesday, May 14, 2014

श्रुति शंबेगबाट सुबिन भट्टराईको चर्चित उपन्यास 'समर लभ' : Download

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'समर लभ'
लेखक : सुबिन भट्टराई 
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० माघ २४ गते तदनुसार 7th February 2014 शुक्रबार  सुबिन भट्टराईको उपन्यास  'समर लभ'  अदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
(Listen and Download Novel Summer Love written by Subin Bhattrai from Shrutisambeg)
LISTEN AND DOWNLOAD
Episode 1 : (07-02-2014/2070-10-24)

Download : Click Here to Download Episode 1
Episode 2 : (14-02-2014/2070-11-02)

Download : Click Here to Download Episode 2
Episode 3 : (21-02-2014/2070-11-09)

Download : Click Here to Download Episode 3
Episode 4 : (28-02-2014/2070-11-16)

Thursday, January 30, 2014

डेटिङका लागि १० लाखको अफर, तर, कस्ता–कस्ता सर्त ?

चीनमा युवाहरुले पैसा तिरेर प्रेमिका खोज्ने नौलो होइन, खासगरी नयाँ वर्षको अबसरमा ।
यतिबेला चीनमा नयाँ बर्ष चलिरहेको छ । अविभावक नभएका तरुनी–तन्नेरीहरुका लागि पैसा अफर गरेर प्रेमिका खोज्नु अहिले सामान्य जस्तै बनेको छ ।
chines boy offerतर, हालै एक चिनियाँ धनाढ्य युवकले डेटका अनौठो बिज्ञापन गरेका छन् । झण्डै १० लाख चिनियाँ युयान अफर गरेका उनले युवतीको रुप, रुङ, आकार, हाइट, पढाई आदि बिषयमा अनेक सर्त राखेका छन् ।
उनको पहिलो सर्त छ, युवती भर्जिन हुनु पर्नेछ । यति मात्र होइन, २५ वर्षभन्दा कम उमेरको हुनु पर्नेछ, तौल ५० किलोभन्दा कम हुनुपर्ने छ र उचाई कम्तिमा १.६८ मिटर । यी युवाको सर्त यति मै सकिन्न् । उनको माग छ– केटीले ब्याचलर डिग्री पास गरेकै हुनुपर्छ ।
उनले यस्ता सर्तसहितको बिज्ञापन त्यहाँको चर्चित सामाजिक संजाल वीबोमा प्रकाशन गरेका छन् ।
बिज्ञापनमा उनले आफ्ना अगाडी पैसाबो बिटा राखेर तस्वीर पनि छपाएका छन् ।
काममा ब्यस्त भएकाले डेटिङ पार्टनर खोज्न नभ्याएको भन्दै उनले आफ्नो प्रस्तावलाई गम्भिररुपमा लिन आग्रह गरेका छन् ।
उनले आफ्नो पहिचान नखुलाए पनि यो अफर बास्तविक रहेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

गर्नु गर्यो फेसबुकले, आधुनिक अमेरिकी युवती भारतमा बुर्हातन खेप्दै

उमेरका दिनमा टु पिस लगाएर क्यालिफोर्नियको सामुद्रिक किनारमा टहलिने, पार्टीहरुका ककटेलमा रमाउने  अमेरिकी युवती आजकल भारतको एउटा गाउँमा परम्परागत शैलीमा बुर्हातन गर्दैछिन् ।
हरियाणाको पनिपात गाउँमा अहिले यी युवती बिहानै उठेर लिपपोत गर्छिन, श्रीमान् र सासुलाई खाना पकाएर खुवाउँछिन, भाँडा माझ्छिन, अनि दिउँसो बयलगाडा लिएर पतिसँगै मेलापात जान्छिन् ।
क्यालिफोर्नियाको आधुनिक जीवन छाडेर, उनका लागि झण्डै साताब्दी पुरानो लाग्ने यो दिनचर्यामा जीउन प्रेरित गर्ने एउटै आधार हो– प्रेम ।
Adriana-Peral-2

एड्रियाना क्यालिफोर्नियामा(बायाँ) र बिबाहका बेला भारतीय परम्परागत पहिरनमा(दायाँ)
फेसबुकमार्फत् चिनजान भएका भारतीय युवक मुकेशकुमारसँग बिबाह गरेर अहिले उनी हरियाणमा हाँसीखुसी गाउँले महिलाको जीवन बिताइरहेकी छिन ।
४१ वर्षीया एड्रियानाले गत अगष्टमा आफ्नो छोरीकै  उमेरका भारतीय युवा मुकेशकुमारलाई फेसबुक साथी बनाइन् । त्यो भेटघाट प्रेम र बिबाहमा परिणत हुन केही महिना पनि लागेन् ।
अहिले २५ बर्षिय मुकेशकुमार उनका पति हुन् । उनी भन्छिन–‘मुकेशसँगको जीवन निकै राम्रो छ । यो म संसारको कुनै पनि चिजसँग साट्न सक्दिन ।’

लिपिष्टिकले ‘सेक्सी’ देखिएको भन्दै बीबीसीका दुई प्रस्तोतमाथि प्रतिबन्ध

Helen-Skelton-and-Dionne-Br
रातो लिपिस्टिकका कारण सेक्सी देखिएको भन्दै बीबीसी फिमेल चिल्ड्रन टीभीले एक महिला प्रस्तोतामाथि प्रतिवन्ध लगाएको छ ।
हेलेन स्केलटन र डिओन ब्रोमफिल्डमाथि बीबीसीले प्रतिवन्ध लगाउँदै आउँदा दिनमा महिलाको रोल मोडल बन्ने गरि फेसन गर्न र उत्तेजक नहुन निर्देशन दिएको छ ।
यसको कारण खुलाउँदै बीबीसी फिमेल चिल्ड्रन टीभीका सम्पादक मिलोसा हार्डिङले भनेकी छिन्-कार्यक्रम निर्माता युवा दर्शकलाई सेक्सी प्रस्तुती र खराव भाषाबाट टाढा राख्न सचेत हुनुपर्छ ।’
किशोरी दर्शकहरुले आफ्नो प्रस्तोताले कस्तो ड्रेस लगाउँछन् भनेर हेर्ने भन्दै उनले केही प्रस्तोताहरु एकदमै सेक्सी देखिएका कारण उनीहरुलाई पिपिष्टिक हटान आफुले आदेश दिएको बताइन् ।

फेसबुक चलाउँदा मानसिक रोग निको !

सामाजिक संजाल फेसबुकमा तपाई दिनमा कति घण्टा बिताउनुहुन्छ ? कहिलेकाहीं यसको प्रयोग कुलतकै तहमा पुग्यो कि भनेर चिन्तित त हुनुभएको छैन ?
Facebookयदि त्यसो हो भने तपाईका लागि खुसीको खवर छ । फेसबुक चलाउँदा प्रयोगकर्ताको मानसिक उपचार हुने हालै सार्वजनिक एक अनुसन्धानले दावी गरेको छ ।
अष्ट्रेलियाको क्विन्सल्याण्ड स्कूल अफ टेक्नोलोजीले हालै सार्वजनिक गरेको अनुसन्धानले फेसबुकलाई ‘सेल्फ थेरापी’ अर्थात स्वउपचारको माध्यमका रुपमा ब्याख्या गरेको छ ।
‘सामाजिक संजालले मानिसलाई आफ्ना धारणा र काम अरुसँग बाँडन् अभिप्रेरित गर्छ, गलत कामको प्रायश्चित गर्छ र उपलब्धीप्रति गौरव गर्छ’ अनुसन्धानमा निष्र्कष निकालिएको छ-’यो एक ऐनाजस्तै बनेको छ जसले प्रयोगकर्ताका लागि मानसिक उपचारको माध्यमको रुपमा काम गर्छ ।’
पहिले पहिले आफ्ना बिषयमा लेख्नु कथित ठूला र बौद्धिक मानिसको मात्र कामजस्तो बुझिदै आएको थियो । तर, फेसबुकले आम मानिसलाई मन लागेको कुरा लेख्ने र सेयर गर्ने मौका दिएको र यसले प्रयोगकर्ताले आफ्नै आनीबानीमा सुधार गर्ने मौकासमेत पाएको बताइएको छ ।

गुगलले लेनोभोलाई बेच्यो मोटोरोला मोबाइल

motorola-logo
मोबाइल फोन निर्माता कम्पनी मोटोरोलाको स्वामित्व गुगलले चिनियाँ कम्पनी लेनोभोलाई बिक्रि गरेको छ ।
प्रबिधि दुनियाँलाई छक्क पार्ने गरि सम्पन्न यो डीलमा गुगलले मोटोराला कम्पनी २ अर्ब ९१ करोड अमेरिकी डलरमा बिक्रि गरेको छ ।
अस्तित्वका लागि संर्घष गरिरहेको मोटोरोलालाई गुगलले सन् २०१२ मा साढे १२ अर्ब अमेरिकी डलरमा किनेको थियो । जसलाई अहिलेसम्मकै गुगलको सवैभन्दा ठूलो खरिदका रुपमा लिइन्थ्यो । तर, गुगलले झण्डै १० अर्ब डलर घाटा खाएर कम्पनी लेनोभोलाई बेचेको छ ।
एन्ड्रोइड स्मार्टफोन र ट्याबलेट लगायतका केही आर्कषक र नाफामुलक प्याटेन्ट राइट भने गुगलले आफैसँग राखेको छ । मोटोरोलाले झण्डै २ हजार प्याटेन्ट र फोन उत्पादन युनिट आफ्नो स्वामित्वमा लिएको छ ।

किसानले फलाए महिलाको स्तन जस्तै आलु

     एजेन्सी - बेलायतका एक किसानले आफ्नो बारीमा अनौठो आलु फेला परेका छन् । सुन्दै अचम्म लाग्ने उक्त आलु हेर्दा महिलाको दुई वटा स्तानको आकारमा रहेको छ । उक्त आलु निकै दुर्लभ र अनौठो मानिएको छ ।
       बेलायतको हर्बोरा शहरका किसान केभिन स्टोक्सले आफ्नो खेतीमा उक्त अनौठो आलु फेला परेको बेलायति सञ्चार माध्यमहरुले जनाएका छन् । स्टोक्सले आफ्नो ३० बर्षको अनुभबमा यो निकै नौलो भएको प्रत्रिकृया दिएका छन् । यो आलुलाई हाल उनकै फार्म हाउसमा सुरक्षित राखिएको छ भने यसलाई संरक्षण गर्ने उपायको खोजि हुँदै गरेको पनि जनाइएको छ ।
खरका अनुसार स्तन आकारको यो आलुको प्रयोग पनि स्तन क्यान्सर पिडित महिलाहरुको सहयोगको लागी नै प्रयोग गरिने जनाइएको छ । जसको लागी ‘पोट्याटो काउन्सिल’ नामक संस्थानै खडा गरिएको छ ।

यौनकर्मीलाई हत्या गरेर लाशसँग यौनसम्बन्ध राखेपछि ......

दुईजना यौनकर्मीलाई हत्या गरेर उनीहरुको लाससँग यौन सम्बन्ध राख्ने विश्वबिद्यालयका २३ वर्षीय एक युवकलाई चीनमा मृत्युदण्डको फैसला सुनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानमा रहेको अधिकारीहरुका अनुसार ती युवकले आफुलाई मरेको लाससँग यौन सम्बन्ध राख्ने उत्कृष्ट चाहना भएकोले यस्तो गरेको बयानमा बताएका छन् ।
विश्वविद्यालयका कक्षा छुटेपछि तनावमा रहेकाले यसबाट छुटकारा पाउन उनले यौनकर्मीलाई  डाकेको अनुसन्धानमा खुलेको छ । त्यस युवतीको लासलाई जहाज मार्फत घरमा ल्याई सो लाससँग यौनसम्बन्ध राखी आफ्नो बगैँचामा गुपचुप गाडेका थिए ।
चाङचुनस्थित जिलिन विद्यालयमा डिजाईन विषय अध्ययनरत ती युवतीलाई आफुले हत्या गरी यौन सम्बन्ध राखेको पनि अनुसन्धानमा खुलाएका छन् । इन्टरनेटमार्फत एक २० वर्षीय युवतीलाई समेत भाडामा लिएको जनाएको छ । गत २३ मार्चमा फेरी अर्की एक यौनकर्मीलाई पनि त्यस्तै गरेका थिए । पछि एक फोरेन्सीक मनोविदले उनी पागल नभएको र सबै घटनाको जिम्मेवारी लीनै हुनुपर्ने बताएपछि त्यहाँको एक अदालतले उनलाई दोषी ठहर गरेको हो । पिडित परिवारलाई ८० हजार युआन क्षतिपुर्तीसहित उनलाई मृत्युदण्डको फैसला सुनाएको एजेन्सीले जनाएको छ ।

मेरो कथा January 30th 2014



Tuesday, January 28, 2014

दुःखी आमाहरुको तस्वीर कथा, बच्चा पाउन ९ दिनसम्म पैदल

Ladakh-child
परिवारमा नयाँ सदस्यको आगमन हरेक परिवारका लागि खुसीको क्षण हुन्छ । धेरैसँग लागि अस्पताल गएर सहज रुपमा सन्तान जम्माएको अनुभव होला । तर, उत्तर भारतको लद्दाखका आमाहरुको कथा भिन्न छ ।
दैनिक ८ घण्टासम्म हिडेर नवौं दिनमा चिकित्सक सुविधासम्म पुग्नु एक आमाका लागि कति संघर्षपूर्ण होला ? संर्घष यतिमै सकिन्न । आमा बनेपछि भर्खरै जन्मिएको शिशुलाई टोकरीमा राखेर माइनस ३५ डिग्री सेल्सियस चिसोमा ९ दिनसम्म हिडेर घर पुग्नु पर्र्छ ।
Ladakh-child-1
फाटो पत्रकार टिम भोल्मरले तस्वीर ती दुःखी आमाहरुको कथा उतारेका छन् । लद्दाखको एक परिवारले ११ हजार १२३ फीट उचाइमा रहेको हिउँले ढाकिएको नदी किनारमा गरेको संघर्षपूर्ण यात्रा तस्वीरमा समेटिएको छ । नदीको गति तिब्र भएपछि किनारमा भने हिउँ जमेको हुन्छ, जहाँको तापक्रम माइनस ३५ डिग्रिसम्म झर्छ ।

महिलाको टाउकोमा तीन सय दुम्सीका काँडा !

Sandra-Nabucco
झट्ट सुन्दा पत्याउन गाह्रो हुन्छ । तर, यो ब्राजिलको रियो दि जेनेरियोमा भएको सत्य घटना हो । रियो दि जेनेरियोको गाभियामा एक महिलाको टाउकोमा दुम्सीको २ सय ७२ काँडा गाडिएका छन् ।
कुकुरलाई लिएर हिडिरहेको अवस्थामा सान्ड्रो नोबुको दुम्सीको आक्रमणमा परेकी हुन् । उनलाई छिमेकीले उद्दार गरेर तत्काल अस्पताल पुर्‍याए । दुम्सीका काँडा निकालेर डाक्टरले एन्टिवायोटिक औषधी दिएका छन् ।
घटनाबारे सम्झँदै उनले भनेकी छिन्-’मैले टाउकोमा केही खसेको जस्तो महसुस गरेँ । त्यसपछि काँडाले घोचेजस्तो भयो र निकै दुख्यो ।’ केहीले आफूलाई उक्त क्षेत्रमा जोडी दुम्सी रहेको बताए पनि कहिल्यै नदेखेको उनले बताइन् ।

Sunday, January 26, 2014

अर्काको छोरो

अरू कुमारी केटीहरू सपनामा आफ्नो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ। जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो। एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ। रोहणले मलाई दिएको माया म यहाँ वर्णन गर्न सक्तिन।
बेलैमा छोराछोरी हुर्काउने हो भने त्यसपछिको जवानी सुन्दर हुन्छ रे, हामी पनि त्यतापट्टी सोच्ने हो कि ? एक दिन रोहणले प्रस्ताव ल्याए। मैले स्वीकार गरेँ। हाम्रो त्यो सहमतिमा जन्मेको छोरो आज राम्रो स्कुलमा बोडर्स छ। गत असारदेखि दस वर्ष लागेको छ। त्यसपछि दोस्रो सन्तानका लागि हामीले सोच्तै सोचेनौँ।

एक दिन रोहण अन्यमनस्क हुँदै अफिसबाट आए र थचक्क सोफामा बसे। मैले आजसम्म उनलाई यस्तो थकित र गलित कहिल्यै देखेको थिइन। छेउमा गएँ निधार छामेा, सुमसुम्याएा र सोधेँ- के भयो मेरो राजा आज तिमीलाई ? उनले मेरो कम्मरमा हात बेरेर कुममा चिउँडो टेकाउँदै भने हेर न मलाई जस्तो अवसर अरू कसैलाई आए थाप्लो ठोकी ठोकी हामफाल्दै जाने थिए। मेरो अफिसलाई अमेरिका जाने एउटा कोटा आएको छ। मेरो बाहेक अरूको योग्यता पुग्दैन। पढ्न पनि पाइन्छ, तलब पनि डलरको भाउमा। हाकिमले जाऊ भन्छ तर तिमीलाई छोडेर मलाई जान पटक्कै मन छैन।
म छाँगाबाट खसे जत्तिकै भएा। रोहण नभएको दिन मैले सपनामा पनि देखेकी छैन। ऊ नभएको रातको कल्पना पनि गरेको छैन। म चिच्याउँदै भन्न चाहन्थेँ, तिमी मलाई एक्लै छोडेर जाने कुरै नगर। फेरि विचार गरें “भाग्यले दिने कर्मले ठेल्ने” भन्छन्। मैले त्यसरी अड्डी लिँदा हाम्रो ठूलै अवसर पो गुम्ने हो कि ? म गहभरि आँसु जमाएर चुप लागेा। रोहणको मुखबाट पनि एक वाक्य फुटेन। हामी च्याप्प अँगालोमा कसिएर सुत्यौँ र अनिदै आँखा लिएर बिहान उठ्यौँ।

२०१७ सम्म संसार एपको कब्जामा !

mobile-apps
स्मार्टफोनको प्रयोगसँगै आजकल मोबाइल एपको बजार फष्टाउँदो छ । आईओएस, इन्ड्रोइड, विन्डोज सवैखाले अपरेटिङ सिस्टममा बिभिन्न किसिमका एपको उपस्थीति बढ्दो छ । यसले मोबाइल फोनको प्रयोगलाई पुनः परिभाषित गरिदिएको छ भने एपको बजार पनि फैलदोँ छ ।
हालै प्रकाशित एक रिपोर्टको तथ्यलाई आधार मान्ने हो भने एपको दुनियाँ अब यतिमै रोकिनेवाला छैन् । अमेरिकी संस्था गार्टनरले हालै सार्वजनिक गरेको अध्ययन प्रतिबेदनअनुसार आगामी बर्षहरुमा मोबाइल एपको प्रयोग र प्रभाव र ब्यापार बढ्दै जाने छ ।
सन् २०१७ सम्ममा २६८ अर्ब मोबाइल एप डाउनलोड हुने र यसबाट झण्डै ७७ अर्ब डलर बराबरको कारोबार हुने गार्टनरले प्रक्षेपण गरेको छ ।
‘मोबाइल एप अहिले पनि सेवा र बिषयवस्तु उपभोक्तासमक्ष पु¥याउने औपचारिक माध्यमका रुपमा स्थापित भइसकेको छ’ गार्टनरका ब्रेन ब्लाउले भने । एपको प्रयोगमा अझै तिब्र बिकाश भई हरेक मानिसले के बोले, के गरे, कहाँ गए सवै बिषयको सूचना एपसँग हुने उनले बताए ।
बिभिन्न ब्राण्ड र बिजनेसले अहिले पनि मोबाइल एपलाई आफ्ना उपभोक्तामाझ पुग्ने माध्यमका रुपमा अंगिकार गरिसकेको भन्दै गार्टनरले आगमी दिनमा एप कम्प्युटर दुनियाँको सवैभन्दा लोकप्रिय बस्तु हुने बताएको छ ।
‘आगामी तीन चार बर्षमा एप केवल स्मार्टफोनमा मात्र सिमित रहनेछैन’– गार्टनरले प्रक्षेपण गरेको छ–‘होम अप्लाइन्सेस्, कार, पहिरन सवै एपमय हुनेछन् ।’
पछिल्लो समयमा आविस्कार भएका स्मार्ट घडी, स्मार्ट जुत्ता र स्मार्ट चस्माजस्ता स्मार्ट पहिरनको लोकप्रियता बढ्दै जाने र कुल एप बजारको ५० प्रतिशत हिस्सा स्मार्ट पहिरनले ओगट्ने उसले दावी गरेको छ 

तपाईले जान्नैपर्ने ८ किबोर्ड सर्टकट

कम्प्युटरमा काम गर्दा हरेकपटक माउस चलाउँदा हैरान हुनुभएको छ ? त्यसो भए तपाईका लागि केही सहज उपायहरु छन जसले तपाईको कम्प्युटरमा काम गराईलाई सजिलो बनाइदिने छ ।
कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट फर्मूलाहरु हुन्छन, जसले गर्दा तपाईले हरेकपटक माउस चलाउन पर्दैन, किबोर्डबाटै छिटो र सजिलोसँग गर्न सक्नुहुन्छ ।
sign-popular-windows-keyboard-shortcutsमाइक्रोसफ्ट विन्डोजको वर्ड, पावरपोइन्ट, एक्सेल लगायतका प्रोग्राममा यस्ता धेरै छोटकरी नम्बरहरु सेट गरिएको हुन्छ ।
तालिमप्राप्त र अनुभवी प्रयोगकर्ताका लागि यहाँ उल्लेखित टिप्स सामान्यजस्ता लाग्न सक्छन् । तर, नयाँ प्रयोगकर्ता र तालिम नलिइ कम्प्युटर चलाउन सुरु गर्नुभएका प्रयोगकर्ताका लागि भने यी टिप्स दैनिक जीवनका लागि निकै उपयोगी हुनसक्छन् ।
१. ओपन र क्लोज ट्याव
तपाईं इन्टरनेट सर्फिङ गरिरहनुभएको छ । मोजिला, गुगल क्रोम लगायतमा तपाईले एउटै विन्डोभित्र धेरै ट्यावमा नयाँ नयाँ साइट खोल्न सक्नुहुन्छ । तर, तपाईंले कुनै एउटा ट्याव वा पुरै विण्डो बन्द गर्नुप¥यो भने माउस चलाइरहनुपर्दैन् । Ctrl + W ले एउटा ट्याव बन्द हुनेछ भने Ctrl + Shift + W ले पुरै विण्डो बन्द हुने छ ।
कतिपय अबस्थामा तपाईंले नचाहँदा नचाहँदै पनि कुनै ट्याव बन्द भयो भने पनि त्यसलाई सर्टकटबाटै पुनः खोल्न सकिन्छ । यसका लागि तपाईंले Ctrl + Shift + T  प्रयोग गर्नुपर्छ । यदि नयाँ ट्याव खोल्नुपर्यो भने Ctrl + T  गर्दा पुग्छ ।
२. फण्ट साइज घटाउन–बढाउन
तपाईं वर्ड फाइलमा केही टाइप गरिरहनुभएको छ, र फण्ट साइज निकै धेरैपटक घटाउनु वा बढाउनुपर्ने छ भने हरेक पटक माउसको सहारा लिनु पर्दैन् । तपाईले परिवर्तन गर्न चाहेको अक्षर सेलेक्ट गर्नुहोस । साइज बढाउनका लागि Ctrl + ]  को प्रयोग गर्नुहोस्, घटाउनका लागि Ctrl + [
३. विण्डो परिवर्तन

123456 यो सालको सवैभन्दा झुर पासवर्ड, जान्नुहोस कस्ता कस्ता पासवर्ड प्रयोग हुन्छन ?

WorstPasswords-2013
इमेल, सामाजिक संजाल, अनलाइन अकाउन्ट सवैमा आजकल पासवर्ड प्रयोग गर्नुपर्छ । पासवर्ड चोरीका कारण धेरैले ठूलो क्षति व्यहोर्नु परेको छ ।
पासवर्ड प्रोटेक्सन र डाटा सेफ्टीका लागि काम गर्ने फर्म स्प्लास डाटाले सबैभन्दा खराब २५ पासवर्डको वाार्षिक लिस्ट सार्वजनिक गरेको छ । स्प्लास डाटाले यस्तो सूची जारी गर्न थालेपछि पहिलो पटक password नामक पासवर्ड यो सूचीबाट हराएको छ ।
दुई पटक दोस्रो नम्बरमा रहेको १२३४५६ पहिलो नम्बरमा उक्लिएको छ । यो इन्टरनेटमा प्रयोग हुने कमन पासवर्ड हो, जसलाई ह्याकरले चोरेर अनलाइनमा पोष्ट गरेका छन् । स्प्लास डाटाका अनुसार यो सूचीमा अडोबी प्रयोगकर्ताहरुबाट चोरिएको पासवर्डको डाटाको प्रभाव परेको छ । पछिल्लो वर्ष अडोबीको ३.२ करोड प्रयोगकर्ताको अकाउन्ट र पासवर्ड ह्याकरले चारेका थिए ।
स्प्लास डाटाका सीईओ मोर्गनजन स्लेनले भनेका छन्–यो सूचीमा abode123 र photoshop  जस्ता पासवर्ड हेर्दा हामी यो सल्लाह दिन चाहन्छौं कि तपाई आफ्नो पासवर्ड वेबसाइट र एप्लिकेशनको नाममा नराख्नुस् ।’
स्प्लास डाटाका अनुसार झुर पासवर्डको सूचीमा रहेका पासवर्डको प्रयोग गर्नेहरु सबैभन्दा बढी खतरामा छन् । यदि तपाईहरुको पनि पासवर्ड यस्तै छ भने तत्काल परिवर्तन गर्नुस् ।
सुरक्षित पासवर्डका लागि स्प्लास डाटाले केही टिप्स पनि दिएको छ । मिक्स ८ अक्षरको पासवर्ड राख्नु पर्ने उसले बताएको छ । तर, dr4mar1c जस्ता पासवर्ड साइबर आक्रमणका लागि सहज मानिन्छ । j%7k&ypx$ जस्ता पासवर्ड सम्झन गाह्रो हुन्छ ।

दाइलाई बचाउन भाईले आत्महत्या गरे

Teenager-kills-himself
आमाबाबुले आफ्नो दाईलाई बचाउने इच्छा व्यक्त गरेपछि चीनमा एक युवकले आत्महत्या गरेका छन् । २०१० मा करिव ६ महिनाको अन्तरमा २० वर्षीय होङयोङ र १८ वर्षीय होङटाओको किन्डीले काम गर्न छाडेको थियो । छोराहरुको उपचारमा स्वान्यु र पत्नी झ्याङ टिनसियाले भएभरका सबै सम्पत्ति बेचे ।
छोराहरुलाई बचाउने आमाबाबुको इच्छा पुरा नहुने खतरा बढेपछि होङटाओले आफूलाई कोठामा थुनेर विष पिए । उनले सुसाइड नोट समेत लेखेका थिए । निकै मर्मस्पर्शी रुपमा उनले लेखेका छन्–‘दाई जब तपाई ठिक हुनुहुन्छ मलाई भन्नुहोला । मेरो लागि यो पर्याप्य हुनेछ ।’
२०१० अघिसम्म स्वान्यु र पत्नी झ्याङ टिनसियाको परिवार राम्ररी चलेको थियो । दुबै छोेरा आफ्नो कक्षामा प्रथम हुन्थे । उनीहरुले एन्हुई प्रान्तमा घर समेत बनाएको थियो ।
Teenager-kills-himself--1
तर, दुभाग्र्य २०१० मा केही महिनाको अन्तरमा दुबै छोराको एक–एक किड्नीमा सदस्या देखियो । उनीहरु भएभरको सबै सम्पत्ति बेचे, साथीहरुले सहयोग जुटाए तर अझै उपचार खर्च पुगेन ।
आमाबाबु तनावमा पर्दै गएको देखेपछि होङटाओले आत्महत्या गर्ने निर्णय लिए । उनले सुसाइड नोटमा लेखेका छन्– मलाई विश्वास छ, अब तपाईमा मात्र भएपछि तपाई आफ्नो जीवन बचाउन सक्षम हुनु हुनेछ ।’
परिवारका सदस्यले तत्काल अस्पताल पु¥याए पनि विष सेवन गरेका होङटाओलाई बचाउन सकिएन । उनको किड्नी दाईलाई प्रत्यारोपण गरिएको छ । यो खवर फैलिएपछि परिवारलाई सहयोगको ओइरो लाग्न थालेको छ ।

Saturday, January 18, 2014

मंगल ग्रहको सपनाले चार सन्तानका बाबु डिभोर्सको मुखमा


Ken-Sullivan
मंगल ग्रहको एकतर्फी टिकटका लागि निवेदन दिँदा चार सन्तानका बाबु डिभोर्स नजिक पुगेका छन् । अमेरिकाका केन सुल्लिवन मंगल ग्रहमा पठाउने मार्स वानको पहिलो १०५८ प्रतिस्पर्धीमा परेका छन् ।
तर, उनको यो निर्णयप्रति पत्नी र चार सन्तान सन्तुष्ट छैनन् । उटाह राज्यमा बस्दै आएका सुल्लिवन मार्स वानले मंगल ग्रह पठाउन पहिलो चरणमा छानेको १०५८ मा पर्दा निकै उत्साहित थिए ।
तर, पतिले एकतर्फी टिकट लिएर मंगल ग्रहमा जाने प्रयास थालेपछि बेकीले डिभोर्स गर्ने निर्णय लिएकी छिन् ।’प्रश्न अब हामीले अहिले डिभोर्स लिने कि पछि भन्ने मात्र हो’ उनले भनेकी छिन्-यदि म उनको सपना र इच्छाको पक्षमा उभिने हो भने मैले अहिले नै छोडपत्र गर्नुपर्छ ।’
उनी भन्छिन्-यदि उनी अन्तिम सूचीमा परे भने त सुल्लिवनले आफ्ना चार सन्तानलाई छाड्नै पर्छ । जो ६ महिनादेखि १३ वर्षका छन् ।’


[ श्री स्वस्थानी ब्रत कथा अडियो र मन्त्र स्वस्थानी ब्रत कथा ]

तिम्रो लागी -नेपाली फिलिम{ बितेका पल }


Nepali Song - Kun dharako Pani by Ramesh Neupane 2012



डेअर कल्याण को ,मेरो कथा.January 16th 2014


Manoj Gajurel Comedy Program January 15th 2014


नेपाली फिलिम दानबीर H D




                                                    Part - 2

Monday, January 6, 2014

सित्तैमा एक जोर कपडाका लागि हजारौं अर्धनग्नको लाइन (फोटो फिचरसहित)

सित्तैमा पाइने भएपछि मानिसहरु अलकत्रसमेत खान पछि पर्दैनन् भन्ने हाम्रोमा उखान छ । यो मामिलामा हामी मात्र हैन युरोपेली मुलुकका मानिसहरु झन एक कदम अगाडी देखिएका छन् ।
Seminaked Party 1
एउटा फेसन स्टोरले एक जोर कपडा सित्तैमा दिने घोषणा गरेपछि हजारौं युवायुवती अर्धनग्न भएर घण्टौं लाइन बसेका छन् । स्पेनिस ब्राण्ड डेजीगलले सुरु गरेको ‘अर्धनग्न आऊ, कपडा लगाएर जाउ’ अफरमा सहभागी हुन युवायुवतीहरु भित्री बस्त्रमात्र लगाएर लाइनमा बसे ।
यो चिसो बिहानीमा इटलीको रोममा बिहान उज्यालो नहुँदै स्टोरअघि सयौं युवा युवती लाइनमा थिए । युवतीहरुले टुपिस लगाएका थिए भने केटाहरुले कट्टुमात्र लगाएर आफ्नो बहादुरी देखाइरहेका थिए ।
Seminaked Party 10
लाइन यति चर्को थियो कि बिहान ३ बजेपछि लाइनमा बस्नेहरुले सित्तैमा कपडा लैजाने अबसरसमेत पाएनन् । किनकी फेसन ब्राण्डले सुरुका सय जनालाई मात्र यो अबसर दिने भनेको थियो ।
लाइन बसेका अर्धनग्न तन्नेरीहरु निराश नहोउन भनेर उसले बाँकीका लागि ५० प्रतिशत छुट अफरसमेत ल्याएको थियो । आयोजकका अनुसार सेमिनेकेड पार्टीमा दशौंहजार युवायुवती सहभागी भएका थिए ।
यो ब्रान्डले यसअघि स्पेनको मड्रिडसहितका शहरसँगै लण्डन, टोक्यो र न्यूयोर्कमा पनि सेमिनेकेड पार्टी आयोजना गरिसकेको छ । आगामी साता परिसमा यस्तै पार्टी आयोजना हुने छ जहाँ अर्धनग्न तन्नेरीहरुले सय मिटरको दौड पनि पुरा गर्नुपर्ने छ ।
Seminaked Party 

घुम्नुहोस, बरफबाट बनेको सुपरमार्केट

आजकल आइसबाट अनौठा–अनौठा चीज तयार हुन थालेका छन् । कहिले आइस होटल त कहिले आइसबाट सिंगै शहरको निर्माण । यसबारे हामीले तपाईलाई जानकारी दिइसकेका छौं ।
Ice-Supermarket-1
आइसको प्रयोगको सफलताबाट हौसिएर अब ‘आइस सुपरमार्केट’ पनि तयार भएको छ । नयाँ वर्षको अबसर पारेर पर्यटकहरुलाई अनौठो तरिकाले स्वागत गर्न रोमानियाको राजधानी बखारेष्टमा आइस सुपरमार्केट बनाइएको हो ।
यो विश्वकै पहिलो आइस सुपर मार्केट हो । सुपर मार्केटमा बर्फहरुको बीचमा लाइटिङ मिलाइएको छ । बास्तविकताको आभास गराउन सुपर मार्केटमा बोटल, क्यान, प्याकिङ सामानसँगै पछिल्ला फेसनेवल लुगाहरुलाई समेत सजाएर राखिएको छ ।
आइस सुपर मार्केटमा फर्निचरसँगै काउन्टर, भित्ता सबै आइस कटिङबाट तयार पारिएको छ । सुपर मार्केट १ सय ५० वर्गमिटरको छ । यहाँ पुग्नेहरुमध्ये बच्चाहरु सबैभन्दा खुसी देखिन्थे ।

पुलिसलाई ढाँट्ने दिन गए

 नेपाल प्रहरीले आउदो हप्तादेखि अभियुक्तले ढाँटेको कुरा पत्ता लगाउन पोलिग्राफिक टेष्ट प्रविधि शुरु गर्ने भएको छ ।
सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनुसन्धान पद्धतिलाई बैज्ञानिक बनाउन पोलिग्राफ मेसिन प्रयोग गर्न लागेको जानकारी दिनुभयो ।

‘अपराध अनुसन्धानलाई बैज्ञानिक र प्रमाणमुखी बनाउने हाम्रो प्रयास जारी रहनेछ । भर्खरैमात्र बैज्ञानिक साधन प्रयोगमा महत्वपूर्ण फड्को मारेका छौं । त्यो भनेको झुठो बोलेको पत्ता लगाउने यन्त्रका रुपमा पोलिग्राफको प्रयोग’ उहाँले भन्नुभयो ‘यसलाई सञ्चालन गर्न हामीले तालिम सञ्चालन गरिसकेका छौं । आगामी हप्तादेखि विभिन्न प्रहरी कार्यालयहरुमा अभियुक्तहरुले पोलिग्राफिक परीक्षणबाट गुज्रनुपर्ने अबस्था सिर्जना गरेका छौं ।’
यो प्रबिधिलाई पहिलो चरणमा केन्द्र्रीय अनुसन्धान ब्युरो सीआइबी र अपराध अनुसन्धान महाशाखामा प्रयोग गर्ने र आवश्यकता हेरेर देशका अरु ठाउँमा पनि लैजान सकिने प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिनुभयो । अमेरिकी सरकारले नेपाललाई १० वटा पोलिग्राफ मेसिन उपलब्ध गराएको थियो । यसलाई सञ्चालनमा ल्याउनका लागि प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी अधिकृतहरुलाई तालिम दिइसकेको प्रवक्ता केसीले जानकारी दिनुभयो । युरोप तथा अमेरीकी मुलुकबाट सुरुवात भएको पोलिग्राफ मेसिनको माध्यमबाट अनुसन्धान गर्ने पद्धति सुरुवात गर्ने नेपाल दक्षिण एसियामा सबैभन्दा पछिल्लो मुलुक हो । दक्षिण एसियाका अरु सबै देशमा पोलिग्राफ मेसिनबाट अनुसन्धान गर्ने पद्धति सञ्चालन भैसकेको छ ।  के हो पोलिग्राफ ?

सन् २०१३ का १३ अनौठा खबर

सन् २०१३ ले बिदा लिएर गइसक्यो। गएको वर्षका १३ वटा अनौठा खबर यसो बुझिराखम् न-
cup१) भाँडाको रङ्गले स्वादमा असर पार्दो रैछ
भोक मिठो कि भोजन भन्नेबारे स्कूलमा हामीले धेरै वादविवाद गर्‍यौँ। अब भाँडाको रङ्ग मिठो कि त्यसमा भएको खानेकुरा मिठो भन्ने बहस गरौँ। युरोपका वैज्ञानिकहरुले भाँडाको रङ्गले त्यसमा राखिएका खानेकुराको स्वादमा असर पर्ने प्रमाण भेट्टाएका छन्। उनीहरुले सेतो, क्रिम, रातो र सुन्तले रङ्गका प्लास्टिकका कपमा एउटै किसिमका हट चकलेट हालेर स्वयंसेवकहरुलाई खुवाए। स्वयंसेवकहरुले सुन्तले वा क्रिम कलरको कपमा खाँदा बढी स्वादिलो पाएछन्। जर्नल अफ सेन्सरी स्टडिजमा यो अध्ययन छापिएको छ। थप जानकारीका लागि यहाँ हेर्नुस्।
२) बुधबार साढे ३ बजे केटीहरु सबैभन्दा बूढी देखिँदा रैछन्
केटीहरु सबैभन्दा बूढी कहिले देखिँदा रैछन् ? हरेक बुधबार दिउँसो साढे ३ बजे रे। यो पनि युरोपमै गरिएको एउटा अध्ययनको नतिजा हो। यतातिर कतिको मिल्दो रैछ वा मिल्दो रैनछ तपाईँ आफै हेर्नुस्। उताको अध्ययन अनुसार बुधबारको दिन कामको तनाव चरमचुलीमा हुँदो रैछ। बिहीबारका दिन उनीहरुले आफ्ना साथीसँग ‘उ गरेर उ’ गर्दा रहेछन्। शुक्रबारका दिन चाहिँ उनीहरु सबभन्दा खुसी हुँदा रैछन्। यो अध्ययनबारे खबर टेलिग्राफमा छापिएको छ।
३)अन्तरिक्ष यात्री भएर रुनु हुन्न
लोग्नेमान्छे भएर रुनु हुन्न रे भन्ने एउटा गीत हाम्रा योगेश्वर अमात्य दाइले गाउनु भाको छ। तर अब यसलाई अलि परिवर्तन गरेर अन्तरिक्ष यात्री भएर रुनु हुन्न रे भन्ने बनाउनु पर्ला जस्तो छ। रोएर के गर्नु, अन्तरिक्षमा आँसु नै झर्दो रैनछ त नि। अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सीमा रहेका क्यानाडेली अन्तरिक्ष यात्री क्रिस ह‌्याडफिल्डले रुँदा के हुँदो रैछ भनी भिडियो खिचेर देखाएका छन्। उनले आँसुका रुपमा पानी आँखामा राख्दा यता पृथ्वीमा जस्तो आँसु तलतिर बगेन, बरु आँखा मुनि र गालातिर जम्मा भइरह्यो। लु भिडियो हेरम्
४) न्युजिल्यान्डमा लुसिफर नाम राख्न पाइन्न

बेनामी पेन्टिङ पनि करडौको

बेनामी पेन्टिङ पनि करडौको
पुस २०,कालिका एफ एम । ४० हजार रुपैँयामा किनिएको एउटा पेन्टीङ करडौँको भएको खुलासा भएको छ । वेलायतको डर्वीसायरमा एउटा होटल सञ्चालक फादर जेमि म्याक्लायर्डले यस पेन्टिङलाई सन २०१२ मा किनेको थियो । तर जुन महिनामा फादर जेनीले एउटा एन्टीक रोड सोमा सामेल हुन यस  पेन्टिङलाई नयाँ आवरण राख्न ग्लुस्टर सायरमा लगीएको वेला यसको वास्तविक्ता सार्वजनिक भएको थियो । 
 
यो पेन्टिङ लोकप्रीय चित्रकार सर एन्थोनि वेन डाईकको रहेको खुलासा भएको थियो । यसको असल मुल्य ४ करोड रहेको विविसि अनलाईनले उल्लेख गरेको छ । वेन डाइ १७ आँै शताव्दीमा राजा चालर्स प्रथमको शासन कालमा प्रमुख कार्ट चित्रकार हुनुहुन्थ्यो ।

आमाले छोरीको प्रेमी लाई बनाईन नंपुसक

आमाले छोरीको प्रेमी लाई बनाईन नंपुसक
कालिका पौष १९
यी  महीलालाई देखेर तपाईलाई यी महीला अपराधी हो जस्तो नलाग्ला तर यी महीलाले यस्तो कार्य गरीन जुनकुरा थाहा पाएपछि तपाई दंग पर्नु हुनेछ ।
हफपोस्टको खबर अनुसार यी महीला लाई अहीले बन्दी गरीएको छ किनकी यी महीलाले यस्तो किसीमको अपराध गरीन सायद तपाईहरुले अहीले सम्म सुन्नुभएको पनि   छैनहोला । हो यी महीलाले आफ्नै छोरीको प्रेमीको लिगं टुक्रा टुक्रा पारेर काटीदीएकी छन् ।
जानंसन काउटी का अधिकारीहरुको भनाई अनुसार बोनीटा लाईन बेला नाम गरेकी यी महीलाले   आफ्नो छोरीको १८ बर्षीय प्रेमीको लिगं निकैनै निर्दयी तरीकाले काटीदीएकी हुन । किन बेलाले यस्तो कठोर काम गरीन त यस बिषयमा बेलाको भनाई छ कि सो १८ बर्षीय केटोले उस्को २   बर्षीय  दोस्री छोरी लाई अनैतीक ब्यबहार गरेको थियो ।
तर त्यस केटाले भने यो कुरालाई अस्वीकार गर्दै बेला लाई मानसीक समस्या भएको बताएको छ ।

आखीर किन जिन्दगीमा १९ जना केटा आए पनि बिहे हुन सकेन


आखीर किन जिन्दगीमा १९ जना केटा आए पनि बिहे हुन सकेन


बिहे गर्नको लागी यी युवतीमा केही कमी थिएन तर पनि उनको बिहे हुन सकेन । ई चाईना सिटीज को खबर अनुसार यी युबतीले करीब १९ जना केटा संग डेटींग मा गईन तर पनि उनको ती मध्ये नत कसैसग दोस्रो पटकनै भेट भयो नत बिहे भयो नत कसैले दोस्रो पटक भेट्नको लागी प्रस्ताब नै गरे ।
 
वु नाम गरेकी यी युबतीलाई आफैलाई थाहा थिएनकी उनि बाट के गल्ती भैईरहेको छ भनेर तर एक दिन बल्ल उनले थाहापाईन की उनको गल्ती के हो भनेर  हो उनको गल्ती यो थियोकी उनि सधै डेटमा जादा आफ्नो आमालाई साथमा लिएर जान्थीन जस कारण उनको बिहे हुन नसकेको कारण खुलासा भयो ।

ब्याफ्रेण्डले अगाँलो न हाले पछि


ब्याफ्रेण्डले अगाँलो न हाले पछि.......

कालिका पुस १९
    अमेरीकामा पुलिसले एउटा युवतीलाई आफ्नो पुरुष साथी माँथी हमला गर्ने कशुरमा गिरफ्तार गरेको छ। क्रेजी न्युजका अनुसार फ्लोरिडा की शावोना टम्फ माथि आफ्ना पुरुष मित्रमाथि दुराचार गर्र्ने आरोप रहेको छ ।
पुलिसका अनुसार रम्फ र उस्को पुरुष साथीले राती मदिरा सेवन गरेका थिए ।  अत्याधिक मदिरा सेवन पछि रम्फले साथीहरुलाई अगाँलो हाल्ने प्रयास गरेपनि साथीले भने मानेन । हेनरी प्राइस नाम गरेको सो साथीले अगाँलो हाल्न नमानेपछि दुबै बिच झगडा शुरु भएको थियो ।
झगडापछि किम्फले किचन बाट चक्कु लिएर प्रिन्समाथी प्रहार गर्ने प्रयास पछि प्रिन्सले पुलिसलाई सुचना दिएका थिए । पुलिसले किम्फ माथी धरेलु हिँसाको आरोप लगाएको छ ।

अनौठो चोर, अनौठो चोरी,, पढ्नु भयो भने तपाई त छक्क पर्नु हुन्छ होला


अनौठो चोर, अनौठो चोरी,, पढ्नु भयो भने तपाई त छक्क पर्नु हुन्छ होला,,,,,

तपाईले लाखौ, करौडौको चोरी गर्ने चोरको बारेमा देख्नु र सुन्नु भएको छ होला । तर यस चोरको बारेमा न त तपाईले कही सुन्नु भएको होला न त कही देख्नु नै भएको होला ।
 
 हफपोस्टको खबर अनुसार डेविड चाल्र्स नामको यस व्यक्ति माथि मानव मस्तिष्क चोरी गरेको आरोप छ । डेविडले एक दिमाग इण्डियाना मेडिकल हिस्ट्री म्यूजियमबाट चोरी गरेको हो । डेविडले चोरी मात्र होइन कि अन लाइन शपिंग साइट ई–बे मा समेत बेचिदिएको बताइएको छ । जसको मूल्य १ सय डलर राखिएको थियो ।
 
 जाँचकर्ताका अनुसार चाल्र्सलाई एक स्टिंग अपरेशन अन्तर्गत पक्राउ गरिएको हो । जहाँ उनले दिमागको खरिदबिक्रिको लागि उसलाई सम्पर्क गरिएको थियो । यस पुरा प्रक्रियापछि म्यूजियमलाई आफ्नो दिमाग पाएको छ । 
 
यो दिमाग १८४८ देखि १९९४ बिच उपचार गरिएको एक बिरामीको भएको बताइएको छ ।