Blogroll

Tuesday, January 28, 2014

महिलाको टाउकोमा तीन सय दुम्सीका काँडा !

Sandra-Nabucco
झट्ट सुन्दा पत्याउन गाह्रो हुन्छ । तर, यो ब्राजिलको रियो दि जेनेरियोमा भएको सत्य घटना हो । रियो दि जेनेरियोको गाभियामा एक महिलाको टाउकोमा दुम्सीको २ सय ७२ काँडा गाडिएका छन् ।
कुकुरलाई लिएर हिडिरहेको अवस्थामा सान्ड्रो नोबुको दुम्सीको आक्रमणमा परेकी हुन् । उनलाई छिमेकीले उद्दार गरेर तत्काल अस्पताल पुर्‍याए । दुम्सीका काँडा निकालेर डाक्टरले एन्टिवायोटिक औषधी दिएका छन् ।
घटनाबारे सम्झँदै उनले भनेकी छिन्-’मैले टाउकोमा केही खसेको जस्तो महसुस गरेँ । त्यसपछि काँडाले घोचेजस्तो भयो र निकै दुख्यो ।’ केहीले आफूलाई उक्त क्षेत्रमा जोडी दुम्सी रहेको बताए पनि कहिल्यै नदेखेको उनले बताइन् ।

No comments:

Post a Comment