Blogroll

Friday, December 6, 2013

रेष्टुँरामा लोकप्रिय बन्न थाल्यो मुसाको कवाब

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कैलालीमा मुसाको चटनी खाएको विषयले निकै चर्चा पाएको थियो । थारु समुदायमा मुसाको चटनीसहितका परिकार बन्नु नौलो होइन । तर, तपाईले कहिल्यै मुसोका कबाबको स्वाद चाख्नु भउको छ ? यदि तपाई यो अनौठो स्वाद चाख्न चाहनुहुन्छ भने भियतनाम भ्रमणमा जानुस् ।
rat kebab
राजधानी हनोर्डको बाहिरी इलाका डान फुआगस्थित रेष्टुँरामा मुसाको व्यञ्जन पाइन्छ । मुसाको मासु यो क्षेत्रको लोकप्रिय परिकार हो । यो देशका विभिन्न स्थानमा फैलने क्रम पनि छ । यसअघि उत्तरी रातो नदी र मेकाङ्ग नदी किनारमा बस्ने मानिसहरुले मात्र मुसाको मासु खाने गरेका थिए ।
यस वर्ष जब खेतमा धान काट्न थालियो । किसानहरु मुसा मार्न पनि व्यस्त रहे । ताकि त्यसलाई बजारमा लगेर केही आम्दानी गर्न सकियोस् । समाचारहरुमा जनाइएअनुसार एक किलो मुसाको मासुको मुल्य एक लाख डांग अर्थात ४/५ डलर छ ।
rat kebab 4 rat kebab 1 rat kebab 2 rat kebab 3

No comments:

Post a Comment