Blogroll

Friday, December 6, 2013

१२ औं तल्लाको झ्यालबाट आमाछोराको आत्महत्या गर्ने धम्की

‘मलाई कसैले नरोक । म साँच्चै भन्दैछु । म यसलाई मार्छु र आफू पनि मर्छु ।’ तलको तस्वीर उक्त क्षणको हो, जतिबेला एक महिला आफ्नो छोरालाई काखमा लिएर अग्लो भवनको झ्यालमा बसेर भनिरहेकी छिन कि उनी आत्महत्या गर्न गइरहेकी छिन् ।
mother threatened to throw her young son 2
उनको हातमा भएको छोरा ३ वर्षको छ र उनी चीनको सांघाईस्थित एक अपार्टमेन्टको १२ औं तलाको झ्यालमा बसेर उनलाई फाल्न खोज्दैछिन् । उनी निकै कराइरहेकी छिन् र चिच्याउँदै छिन् । पहिले एक्लै झ्यालमा बसेर रुँदै कराइरहेकी यी महिला एकछिनमा छोरालाई पनि लिएर फेरी झ्यालमा झुल्किन्छन र भन्छिन– पहिले यसलाई माछु अनि म आफै हाम्फाल्छु ।’
यस्तो त्रासपूर्ण अबस्थापछि चिनियाँ प्रहरी, अग्नि नियन्त्रक, लगायतको उद्दार टोली १३ औं तल्लामा पुग्छ । एक अग्निनियत्रक ज्यानको जोखिम मोलेर तल्लो झ्यालमा झर्छन जहाँ ती महिला आत्महत्याको धम्की दिँदै बसिरहेकी छिन् । प्रहरी उनलाई रोक्न सफल हुन्छ ।
mother threatened to throw her young son 1
घटनाप्रति प्रहरी समेत आश्चर्यमा परेको छ । ती महिलाको मानसीक अवस्था जाँच गरिँदैछ । वेरोजगारीका कारण उनी मानसिक रुपमा निकै विक्षीत भएको हुने सक्ने स्थानीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
mother threatened to throw her young son

No comments:

Post a Comment