Blogroll

Monday, January 6, 2014

घुम्नुहोस, बरफबाट बनेको सुपरमार्केट

आजकल आइसबाट अनौठा–अनौठा चीज तयार हुन थालेका छन् । कहिले आइस होटल त कहिले आइसबाट सिंगै शहरको निर्माण । यसबारे हामीले तपाईलाई जानकारी दिइसकेका छौं ।
Ice-Supermarket-1
आइसको प्रयोगको सफलताबाट हौसिएर अब ‘आइस सुपरमार्केट’ पनि तयार भएको छ । नयाँ वर्षको अबसर पारेर पर्यटकहरुलाई अनौठो तरिकाले स्वागत गर्न रोमानियाको राजधानी बखारेष्टमा आइस सुपरमार्केट बनाइएको हो ।
यो विश्वकै पहिलो आइस सुपर मार्केट हो । सुपर मार्केटमा बर्फहरुको बीचमा लाइटिङ मिलाइएको छ । बास्तविकताको आभास गराउन सुपर मार्केटमा बोटल, क्यान, प्याकिङ सामानसँगै पछिल्ला फेसनेवल लुगाहरुलाई समेत सजाएर राखिएको छ ।
आइस सुपर मार्केटमा फर्निचरसँगै काउन्टर, भित्ता सबै आइस कटिङबाट तयार पारिएको छ । सुपर मार्केट १ सय ५० वर्गमिटरको छ । यहाँ पुग्नेहरुमध्ये बच्चाहरु सबैभन्दा खुसी देखिन्थे ।

Ice-Supermarket Ice-Supermarket-2 Ice-Supermarket-4

No comments:

Post a Comment