Blogroll

Wednesday, September 4, 2013

निष्ठुरीको नाममा

के सोचेको थिए जिन्दगीमा के–के भयो आज आफ्नै जिन्दगीका भोगाईसँग सपनाहरु नमिल्दा भित्री मन रोएको छ । विना घाउका चोटहरुले मेरो मुटूलाई दुखाउँदै छ । सायद मेरो भाग्यमा दुख्नै लेखेको होला भनेर भड्किने मनलाई थमथम्याउन विवस छु । दुई दिनको त जिन्दगी हो जीउनु पर्छ भन्ने लोभले मनमा डेरा जमाएपछि दुखेर पनि जीउनु पर्ने रहेछ । जीवनका भोगाईले पूर्व, सपनाहरुले पश्चिमको यात्रा तय गरेपछि मनमा सधैँ अशान्तिले निर्वाध राजगर्न पाउँदो रहेछ । हरेक मान्छेले आ–आफ्नै तौर तरिकाले सपना देख्न पाउछ, तर सबैको सपना पुरा नहुने रहेछ, मेरोपनि पुरा भएन । पुरा गर्नै नसक्ने महत्वाकांक्षी सपना भने मैले पक्कै देखेको होईन म सारा भगवान छोएर भन्छु । मैले देखेका सपनाहरु सरल अनि सहज थिए तर त्यो पुरा हुन सकेन किन ?
कसैको त मन मुटूपनि कस्तो हुन्छ खै म सधैँ हैरान हुन्छु, यहि कुरा सम्झेर । हरेक दुःख सुखमा साथ दिने कसम खाएकै थिए केहि गर्छौ ,भन्दा मैले सहयोग गर्छु भनेकै थिए । म कहिलेपनि उनको खुशीमा वाधक बनेको थिइन् । उनीले इच्छाएका हरेक जाहेज कुरामा मेरो पूर्ण समर्थन रहने वाचा गर्दथे । मेरो मायामा कमि होला कि भनेर म हरेक पल उनलाई सदा खुशी राख्न लागिरहे । हो म उनलाइ माया र विश्वास गर्थे आफैलाई भन्दा बढि । उनले मायाको अभावको जिन्दगी गुजार्न नपरोस, उनलाई कसरी खुशी राख्न सक्छु भन्ने बारे सोचि रहन्थे । उनको खुशीनै मेरो खुशी हो लाग्थ्यो । हरेक पल मैले उनको खुशीको लागि खचिर्न चाहान्थे । उनलाइ खुशी दिनु मेरो शौभाग्य हो म यहि सोच्थे । आखिर मेरो के भूल थियो उनले मलाई सधै पर्दामा राख्न चाहिन् । मैले माया गर्दा गर्दै साथ दिन्छु भन्दा भन्दै उनले किन यस्तो गरिन आखिर यो सब के का लागि गरिन् यस्तै प्रश्नहरुले मेरो मन मष्तिस्कमा बारम्वार महाभारत मच्चाई रहन्छ ।
झुपडीनै होस् तर त्यो भित्र अभाव नहोस् । होस् त केवल मीठो माया न्यानो साथ अनि मजबुत विश्वास । सहयात्री विच माया साथ र विश्वास भएन भने महलमै बसेपनि त्यो महलमा शान्ति सम्भव छैन । यदि झुपडीभित्र अशान्तिले माया साथ र विश्वासले बनेको घरलाई नत सुनामीले बगाउन सक्छ, नत भुँईचालोले भत्काउन सक्छ, नत आँधी हुरीले उडाउन सक्छ । माया साथ र विश्वास भयो भने मात्र घर घर हुन्छ, घर घर भयो भने मात्र जिन्दगीका हरेक मोडमा सफलतानै सफलता हुन्छ । हो मलाई त यस्तै लाग्छ त्यसैले त मैले उस्लाई माया दिए साथ दिए विश्वास गरे । तर जिन्दगीको यो मोडमा आफ्नैबाट तिरस्कृत बनेको पल मलाई लाग्यो हिजोका ती दिनहरुमा सायद म एउटा हातले तालि बजाउन व्यस्त थिए । मलाई कसैले माया गर्छ साथ दिएको छ विश्वास गरेको छ भन्ने मात्र मेरो भ्रम थियो । मेरो कस्तो दुर्भाग्य यो मनले ताक्यो मुडो बन्चरोले ताक्यो घुडो । आज मेरो हिजोका ती सुन्दर हराभरा घर संसार उजाड मरुभूमीमा परिणत भएको छ मेरो लागी र सबै देखी टाढा पनि भएको छु । म असफल भए सबैको नजरमा छाउन, कारण एकोहोरो मायामा पागल हुन पुगेर ।
के सोचे थे जिन्दगीमा के के भयो आज उडायो सपना सबै हुरीले ।

No comments:

Post a Comment