Blogroll

Tuesday, September 3, 2013

वैज्ञानिकले बनाए विश्वकै पातलो कि बोर्ड

बेलायती वैज्ञानिकहरुले विश्वको अहिलेसम्मकै सबैभन्दा पातलो तथा लचकदार कम्प्युटर कि बोर्ड आविष्कार गरेका छन् । कागज जत्तिकै पातलो यो किबोर्डको सतहको जुनसुकै भाग स्पर्श संवेदनशील रहेको बताइएको छ ।
1
प्रविधि कम्पनी क्याम्बि्रज सिलिकन रेडियोले उत्पादन गरेको उक्त किबोर्ड आधा मिलिमिटर मात्र बाक्लो छ । कम्पनीका अनुसार यो कि बोर्डले कागज जस्तो पातलो, तारवीहिन तथा स्पर्शबाटै चल्ने भविष्यको कम्प्युटरको दिशा इंगित गरेको बताएका छन् ।
2
यो किबोर्डलाई ट्याबलेट तथा स्मार्टफोनको कि बोर्डको रुपमा पनि प्रयोग गर्न सकिने र यसबाट स्मार्टफोन प्रयोगकर्ताले ठूलो आकारको किबोर्डबाटै आफ्नो मोबाइलमा म्यासेज लेख्न सक्ने कम्पनीको भनाइ छ ।
3

No comments:

Post a Comment