Blogroll

Sunday, January 26, 2014

२०१७ सम्म संसार एपको कब्जामा !

mobile-apps
स्मार्टफोनको प्रयोगसँगै आजकल मोबाइल एपको बजार फष्टाउँदो छ । आईओएस, इन्ड्रोइड, विन्डोज सवैखाले अपरेटिङ सिस्टममा बिभिन्न किसिमका एपको उपस्थीति बढ्दो छ । यसले मोबाइल फोनको प्रयोगलाई पुनः परिभाषित गरिदिएको छ भने एपको बजार पनि फैलदोँ छ ।
हालै प्रकाशित एक रिपोर्टको तथ्यलाई आधार मान्ने हो भने एपको दुनियाँ अब यतिमै रोकिनेवाला छैन् । अमेरिकी संस्था गार्टनरले हालै सार्वजनिक गरेको अध्ययन प्रतिबेदनअनुसार आगामी बर्षहरुमा मोबाइल एपको प्रयोग र प्रभाव र ब्यापार बढ्दै जाने छ ।
सन् २०१७ सम्ममा २६८ अर्ब मोबाइल एप डाउनलोड हुने र यसबाट झण्डै ७७ अर्ब डलर बराबरको कारोबार हुने गार्टनरले प्रक्षेपण गरेको छ ।
‘मोबाइल एप अहिले पनि सेवा र बिषयवस्तु उपभोक्तासमक्ष पु¥याउने औपचारिक माध्यमका रुपमा स्थापित भइसकेको छ’ गार्टनरका ब्रेन ब्लाउले भने । एपको प्रयोगमा अझै तिब्र बिकाश भई हरेक मानिसले के बोले, के गरे, कहाँ गए सवै बिषयको सूचना एपसँग हुने उनले बताए ।
बिभिन्न ब्राण्ड र बिजनेसले अहिले पनि मोबाइल एपलाई आफ्ना उपभोक्तामाझ पुग्ने माध्यमका रुपमा अंगिकार गरिसकेको भन्दै गार्टनरले आगमी दिनमा एप कम्प्युटर दुनियाँको सवैभन्दा लोकप्रिय बस्तु हुने बताएको छ ।
‘आगामी तीन चार बर्षमा एप केवल स्मार्टफोनमा मात्र सिमित रहनेछैन’– गार्टनरले प्रक्षेपण गरेको छ–‘होम अप्लाइन्सेस्, कार, पहिरन सवै एपमय हुनेछन् ।’
पछिल्लो समयमा आविस्कार भएका स्मार्ट घडी, स्मार्ट जुत्ता र स्मार्ट चस्माजस्ता स्मार्ट पहिरनको लोकप्रियता बढ्दै जाने र कुल एप बजारको ५० प्रतिशत हिस्सा स्मार्ट पहिरनले ओगट्ने उसले दावी गरेको छ 

No comments:

Post a Comment