Blogroll

Monday, July 15, 2013

जाने होइन त बेलुनमा चढेर अन्तरीक्षमा ? (फोटोफिचर सहित



जाने होइन त बेलुनमा चढेर अन्तरीक्षमा ? (फोटोफिचर सहित अन्तरीक्षयानमा चढेर अन्तरीक्षमा पुग्ने कुरा त अनौठो भएन । तर अब बेलुनमा चढेर समेत झण्डै अन्तरीक्षमा जान पाइने भएको छ । के तपाइालाई बेलुनमा चढेर अन्तरीक्ष भ्रमणको अनुभव बटुल्ने चाहना छ ? यदि छ भने अहिल्यै बुकिङ गराइहाल्नुस् ।
स्पेनको एक कम्पनीले बेलुनमा चढाएर अन्तरीक्षको नजिग पूराउने प्याकेजको बुकिङ खुल्ला गरेको छ । अहिले बुकिङ गराउनेहरु दुइ वर्षसम्ममा अत्याधुनिक प्रविधि युक्त बेलुनमा चढेर उड्न पाउनेछन् र उनीहरु पृथ्वीको गुरुत्वाकर्षण बलको अन्तिम विन्दुसम्म पुग्न सक्नेछन् । अन्तरीक्षमै नपुगेपनि त्यो भन्दा केही दुरी तलसम्म बेलुन पुग्नेछ । यो बेलुन उडानको क्रममा यात्रुहरुले बेलुनको सिटमा मज्जाले उठेर पृथ्वीको दृश्यावलोकन गर्न पाउनेछन्, तौल वीहिनता भन्ने कस्तो हुन्छ भन्ने कुराको अनुभुति गर्न सक्नेछन् र खाना समेत खान सक्नेछन् ।
अझ रोचक कुरा त के भने बेलुन उडाइका क्रममा आकाशमा सूर्य र तारा एकैपटक देख्न सकिनेछ । स्पेनी धनाढ्य जोसे मारियानो लोपेजको कम्पनीले इबलूनी नामको उक्त अत्याधुनिक बेलुन निर्माण गर्न लागेको हो । यो बेलुनमा ४ जना यात्रु र २ जना पाइलट बस्न सक्नेछन् । पृथ्वीका सबै देशको भ्रमण गरिसकेका रुसी यात्री आर्टेमी लेभेदेभले बेलुनमा अन्तरीक्षको नजिग पुग्नका लागि आफ्नो नाम लेखाइसकेका छन् ।
बेलुनमा चढेर अन्तरीक्षको नजिक पुग्नलाई कति पैसा लाग्छ होला ? भन्ने अवश्य पनि सबैको जिज्ञासा होला । यसको लागि एक यात्रुले ९५ हजार पाउण्ड अर्थात् झण्डै १ करोड ३६ लाख ७५ हजार रुपैयाा तिर्नुपर्नेछ । बेलुन भाडा हेर्दा यदि चाहेमा नेपालका करोडपतिले पनि बेलुनमा चढेर अन्तरीक्षमा पुग्न सक्ने रहेछन् ।

No comments:

Post a Comment