Blogroll

Saturday, April 27, 2013

मन मदिरारमान्छे

मन भाँचिएपछि मदिरा पिउँछ मान्छे अर्थात मनको हाँगो भाँचिएपछि मदिराको लहरामा अल्झिन्छ मान्छे त्यसैले पनि मन, मदिरा मान्छे लगभग एउटै कित्ताका अनुभवी तत्वहरु हुन् कहिलेकाहीँ के सुर चलेर हो सोँचिरहेको हुन्छु, यो मन किन वहकिन्छ होला भनेर अनि फेरी आफै जवाफ भेट्टाएझैँ गर्छुमनको विशेषता नै वहकिनु हो नी तत्क्षण चित्त बुझाएर सोँचमग्नताको क्रमभङ्ग ...रिदिन्छु अनि नारायण गोपालले गाउनुभएको एउटा गीत कहिलेकाहीँ एक्लैएक्लै गुन्गुनाउँछु
पिउँदा पिउँदै जीन्दगी यो रित्याउन चाहन्छु
आज सारा व्यथाहरुलाई सिध्याउन चाहन्छु
सायद व्यथाहरु सिध्याउने अभिलाषाले पनि पिउँछन् होला कोही अनि कोही यादहरु मेटाउने उत्कट चाहनाले पनि तर मलाई थाहा , यी दुवैथरि मान्छेहरु आफ्ना अभिलाषमा सफल भने हुँदैनन् पिएर व्यथाहरु सिधिन्छन्, यादहरु नै मेटिन्छन् फगत पिउनका लागि पिउँछन् अनगिन्ती वाहनाहरुको वैशाखी टेकेर तय गरिएको भट्टि यात्रा सोँचमुक्त होला तर दोषमुक्त हुन भने कदापी सक्दैन आफैले केही महिना अघि लेखेको थिएँ
शुरुमा थोरै चाख्नका लागि पिउँछु
जोशिन्छु त्यस्ले, अनि लाग्नका लागि पिउँछु
कसै कसै मलाई पेशेवर सराबी ठान्लान्
भने आइन्दा मदिरा त्याग्नका लागि पिउँछु
यी सबै वाहनाहरुको खेतीमा शब्दहरुको मलजल मात्रै हुन् वास्तविकता के हो भने तिरस्कृत भएपछि साहाराको खोजीमा भौतारिन्छ मान्छे कहिले कसैबाट उक्सिएर अनि कहिले आफैआफै जोशिएर पिउन शुरु गर्छ भन्छन् सपना भत्किएपछि भट्टि रमाईलो लाग्न थाल्छ सायद होला पनि...किनकी मन विथोलिएको बेला यथार्थ भन्दा निक्कै पर पुगेर हराउने चाहना हुन्छ मान्छेलाई त्यति पर की जहाँ आफुसँग केही आलो यादहरु भन्दा अरु केही नहोउन् भत्किएका सपनाहरुका केही अवशेष होउन् अनि मक्किएका कल्पनाहरुका केही जिजिविषाहरु भेटिउन् केही पिडा मिश्रित विगतहरु अनि केही आँशु लुकेका वर्तमानहरु.....यी दुबैको घोलले जीन्दगी सँधै एकनासको कक्टेल बन्दोरहेछ पिउनु पनि मज्जा, मात्तिनुमा पनि मज्जा

स्कुले जीवन तिर सरले हाजिरीजवाफको लागि सिकाउनुभएथ्योसँसारमा सबैभन्दा पातलो बस्तु साबुनको फिँज हो भनेर यतिका वर्षपछि आज सोँच्दैछुसँसारमा सबैभन्दा कमजोर वस्तु चाहीँमन  नै रहेछ कमजोर किन पनि भने जीवन भोगाईका क्रममा आईपर्ने उल्झनहरुसँग सहजै पराजीत हुँदो रहेछ यो अझ कत्तिपटक परिस्थितिहरुसँग पैँठेजोरी खेल्नुको सट्टा सहजै आत्मसमर्पण गर्न पुग्दो रहेछ बादलको ढिक्का पहाडमा ठोक्किएपछि पानी पर्छ भन्ने पढेकै हो तर मन पनि विश्वासघातको पर्खालमा ठक्कर खाएपछि आँखा रसाउँदो रहेछ भन्ने चाहीँ बल्ल आज बुझ्दैछु सायद दुवै तरल पदार्थ भएर पनि होला आँशु मदिराबीचको सम्बन्ध निक्कै गहिरो हुने गर्छ तर पिएर मदिरा रित्तियो भन्दैमा रोएर आँशु कहिल्यै रित्तिन्न रहेछ
हरेक साँझ पिउने बानीबाट दिक्क भएर भिम विरागलाई श्रीमतीले गाली गर्दा उन्ले तत्कालै जवाफ फर्काएका थिए रे— “आजभोली हरेक साँझ मात्तिन थालेछ पछि अरु पनि थपेर यसैलाई गीत बनाईदिएछन्
आजभोली हरेक साँझ मात्तिन थालेछ
जीन्दगीदेखी जीन्दगी आत्तिन थालेछ
भन्नमा सहजता भएपनि जीन्दगीदेखी जीन्दगी आत्तिनु चानचुने कुरो भने होईन यस्तै यस्तै वैचारिक खैलाबैलाहरुले गर्दा नै पत्रकार एवम् साहित्यकार भरत भुर्तेलले जीवन त्याग गरेका हुन् की जस्तो लाग्छ मलाई जीन्दगीदेखी जीन्दगी आत्तिन थालेपछि नै हो नी मान्छे सराबी बन्ने पनि अक्सर सबैजना याद भुलाउनका लागि पिउँछन् पनि यादहरुमै चुर्लुम्म डुबेर पिइरहन्छन् मन काबुमा नअटाएपछि मान्छे मदिराको शरणमा पर्छ मन विरक्तिएपछि मदिराको साहारा खोज्न थाल्छ अनि मन बैराग्गिएपछि मदिराको तलतलमा भास्सिन पुग्छ त्यसैले पनि मन, मदिरा मान्छे एउटै गोलार्धका समरुपी धु्रवहरु हुन्

No comments:

Post a Comment