Blogroll

Tuesday, September 10, 2013

चुपचाप कतै कहानी भएँ फत्तेमान

अस्पतालमै करिब पौने घण्टा कुराकानी गरेर बाहिरिँदै गर्दा मृत्यु उनको यति नजिक छ भन्ने कल्पनामा पनि थिएन। बरु सँधै रंगिन मुडमा कुरा गर्ने मान्छेले पहिलोपटक बारंबार आँसु बगाएको देख्दा हामी बिथोलिएका थियौं।
 
चार दिनअघि फत्तेमानको बारेमा जानकारी पाउनेबित्तिकै म र अर्का गायक एवं संगीतकार आभास चावहिलस्थित ओम अस्पताल पुगेका थियौं।
 
सुरुमा बिरामी भेट्ने पास नभएकाले माथि जानै दिइएन। अरु कुनै उपाय नदेखेपछि जे पर्लापर्ला भनेर बिरामीकै मोबाइलमा फोन गरियो। फोन फत्तेमानले नै उठाएर कुरा मात्र गरेनन्, एकजना महिलालाई पास दिएर पठाए पनि। क्याबिन नम्बर २५१।
 भित्र पस्नेबित्तिकै फत्तेमान दम्पत्ति भेटिए। झुलुक्क देख्नेबित्तिकै नरमाइलो लाग्यो। ओहो अनुहार कस्तरी सुन्निएको! के भयो यस्तो?
 फत्तेमान बेडबाट उठ्दै आमनेसामने हुने हिसाबले पलेँटी मारेर बसे। केही समययता छातीले दुःख दिन थालेको उनको कथन थियो।
अब किसानहरुले गाइले दुध दिएन भनेर चिन्ता मान्नुपर्ने छैन । गाइको दुध कल्चौँडाबाट कसरी झार्ने होला भनेर टाउको दुखाउनुपर्ने पनि छैन । अब गाइको थुनबाट दुध आफै झर्नेछ र गाइले दुध दिन कुनै आनाकानी गर्नेछैन ।
cow-milk
हो, नेदरल्याण्डको एक कम्पनीले यस्तो रोबोटको विकाश गरेको छ जसले गाइको थुनबाट सजिलै दुध झार्नेछ । तर मान्छेले लगाएर रोबोटले दुध दुहुने भने हैन, गाइको थुनबाट आफै दुध झर्नेछ । अनि रोबोट प्रयोग गरेर कसरी दुध झार्ने भन्ने कुरा मान्छेले भन्दा गाइले छिटो सिक्ने दाबी कम्पनीको रहेको छ ।
एस्ट्रोनट फोर नामको उक्त क्रान्तिकारी रोबोटको निर्माण कृषि र्फम लेलीले गरेको हो । यो रोबोट सामान्य किसानले पनि प्रयोग गर्न सक्ने निर्माताको दाबी रहेको छ ।
यो रोबोटले यस्तो सिद्धान्तमा काम गर्नेछ की गाइको दुध थुनबाट झार्ने कुरा मानिस वा रोबोट नियन्त्रण गर्ने नभै गाइ आफैले गर्नेछ । यो रोबोट प्रणालीलाई गाइले सजिलैसँग प्रयोग गर्नेछ । आइ फ्लो नामक पद्धति यसमा प्रयोग गरिएको छ । यस अन्तरगत गाइ सिधा भित्र र बाहिर हिड्नेछ, न की यताउति तथा पछाडि फर्किने । यो पद्धतिले उक्त रोबोटको प्रयोग कसरी गर्ने भन्ने कुरा गाइलाई सिकाउँछ साथै गाइमा तनाव घटाउँछ ।
यो प्रणाली अन्तरगत गाइ आफै स्वचालित दुध दुहिने स्टेशनमा जान्छ, उक्त रोबोटिक मिल्क स्टेशनमा गाइको दुध आफै दुहिन्छ र गाइले मन लागेको खानेकुरा खान पनि पाउँछ । हुनत गाइको थुनबाट आफै दुध झर्ने भने होइन । दुध दुहिनका लागि रोबोटिक मेसिन प्रयोग गरिएको हुन्छ । त्यसबाट गाइको थुनमा नलीसँग जोडिएका कप स्वचालित रुपमा जडान हुन्छन् । त्यसपछि गाइको थुनबाट झरेको दुध भाँडोमा संकलन हुन्छ । गाइको कल्चौँडामा दुध सकिएपछि ती कप आफै फुस्किन्छन् अनि गाइ पनि आफै त्यहाँबाट निस्केर बाहिर आउँछ ।

मंगल ग्रहमै मर्न २ लाख जना तयार (भिडियो सहित)

मंगल ग्रहमा जान को चाहँदैन र ? तर जान मात्र पाइने र आउन नपाइने शर्त राख्ने हो भने त्यहाँ जान को तयार होला ? सामान्य रुपमा भन्ने हो भने आफुलाई मंगल ग्रहमै लोप गराउने त्यस्तो धृष्टता कसैले गर्दैन । तर विश्वमा २ लाख जना मानिस मंगल ग्रहमै गएर ‘मर्न’ राजी भएका छन् ।
mars 1
नेदरल्याण्डको एक कम्पनीले मंगल ग्रहमा जाने एकतर्फी यात्राका लागि आह्वान गरेको आवेदनका क्रममा २ लाख जनाले इच्छा जाहेर गरी आवेदन भरेको बताइएको छ । मार्स वान नामक उक्त कम्पनीले मंगल ग्रहको एकतर्फी यात्राका लागि आवेदन दिन तय गरेको अघिल्लो हप्ताको समयावधिसम्ममा २ लाख जना भन्दा बढिले आवेदन दिएका कम्पनीको भनाइ छ । यसरी आवेदन दिनेमा १४० देशका मानिस रहेका छन् ।

पौरखी चराका लोभलाग्दा गुँड (फोटो फिचरसहित)

चराले आफु बस्न, अण्डा पार्न, बच्चा कोरल्न तथा बच्चा हुर्काउनका लागि गुँड बनाउँछ । धेरैजसो चराले रुख लगायतमा विभिन्न खाले झिँजा तथा पतिंगर जम्मा गरेर गुँड बनाउने गर्छन् । कतिपय चराका गुँड खासै आकर्षक नहुने भएपनि केही चराले भने मान्छेको कलालाई नै चुनौति दिनेगरी अति नै कलात्मक तथा सुन्दर गुँड बनाउँछन् ।
birds'-nests-1
हामीले हामीकहाँ तोपचराले बनाएको कलात्मक गुँड देखेकै छौँ । तोपचरा मात्र होइन अरु धेरै कर्मी कलाकार चराहरुले पनि यस्तो सुन्दर गुँड बनाउँछन् । अमेरिकी फोटोग्राफर शारोन बिल्सले यस्तै कलाकार चराका सुन्दर गुँडका अद्वितीय तस्वीरहरु क्यामरामा कैद गरेकी छिन् । हेरौँ ती पौरखी चराका लोभलाग्दा गुँड

Wednesday, September 4, 2013

सम्झना गीतिकथा


बिगतका त्यी रमणीय पलहरुलाई सम्झिएर आज प्रवासको यो बिरानो ठाउँमा चौध घण्टा ड्युटी सिध्याएर होस्टेलमा फर्कन्छु| ..उनको एकोहोरो सम्झनाले गर्दा यो मेरो मुटु सारा छिया-छिया भएको छ, पल प्रति पल यो मेरो मुटु उनकै सम्झनाले पानिबिना माछा जस्तो मरुभूमिमा तड्पिरहेको छ| आज उनको मिठो सम्झना र यादले सताए पनि सपनीमा उनि संगै जति रमाए पनि आखिर आज उनको मायाँले गला सारा रेटिएको छ|
बिरानो सहरको ठाउँमा उनकै मायाँको नशाले यो छाती यति बिघ्न पोलिरेहको छ| तर पनि खोलावारि, खोलापारी नौं डाँडाको यो क्षितिजमा पनि मैले उनलाई खोजेर कतै पनि भेटिन| सायद उनि त शितल पवन र उच्च पहाड संगै हिमाल हाँसे झैं गरेर कसै संग हाँसिरहेकी पो छिन कि ? जस्तो यो मनमा शंका उपशंकाको भाव मात्र पैदा हुन् थाल्छ| फेरी कतै सोच्छु- स्वतन्त्र भै मनको संसारमा एक्लै टोलाउदै पो छन् होला... ? र आज उनि पालुवाको रुप लिएर प्रेमका अंग अंग नशाहरुमा पलाएर हराभरा बसन्त जस्तै भएकी छन् होला ? तर आज उदासी जीवनमा अनायासै बसन्त उड्यो, अनायासै खुसीहरू टुटेर सबै खडेरी भै गए| त्यसैले होला यो मन पनि एक्लो उदासी भै हिंडेको अझै पनि आफ्नो माटोमा फर्केको छैन|
यसरी लामो ड्युटीको थकाइले सारा शरीर सबै गलेको हुन्छ| थकाईको लामो सुस्केरा पछी उनको मायाँमा बिरत्तिएका प्रेमका छालहरु संग डुबुल्की खेल्दै मनको कुरा संगै उनलाई सपनीमा देख्दा बाध्यता र विवशताको परिधिमा रहेर यो मनले भन्छ केवल केहि बर्ष पर्ख:

“सपनाको संसार धेरै नै रमाइलो छ 
तर म यथार्थमा जिउने गर्याछु, 
यहि बर्ष तिमीलाई म बेहुली बनाउँथे
केहि बर्ष पर्ख  दुःखमा पर्याछु|”

निष्ठुरीको नाममा

के सोचेको थिए जिन्दगीमा के–के भयो आज आफ्नै जिन्दगीका भोगाईसँग सपनाहरु नमिल्दा भित्री मन रोएको छ । विना घाउका चोटहरुले मेरो मुटूलाई दुखाउँदै छ । सायद मेरो भाग्यमा दुख्नै लेखेको होला भनेर भड्किने मनलाई थमथम्याउन विवस छु । दुई दिनको त जिन्दगी हो जीउनु पर्छ भन्ने लोभले मनमा डेरा जमाएपछि दुखेर पनि जीउनु पर्ने रहेछ । जीवनका भोगाईले पूर्व, सपनाहरुले पश्चिमको यात्रा तय गरेपछि मनमा सधैँ अशान्तिले निर्वाध राजगर्न पाउँदो रहेछ । हरेक मान्छेले आ–आफ्नै तौर तरिकाले सपना देख्न पाउछ, तर सबैको सपना पुरा नहुने रहेछ, मेरोपनि पुरा भएन । पुरा गर्नै नसक्ने महत्वाकांक्षी सपना भने मैले पक्कै देखेको होईन म सारा भगवान छोएर भन्छु । मैले देखेका सपनाहरु सरल अनि सहज थिए तर त्यो पुरा हुन सकेन किन ?
कसैको त मन मुटूपनि कस्तो हुन्छ खै म सधैँ हैरान हुन्छु, यहि कुरा सम्झेर । हरेक दुःख सुखमा साथ दिने कसम खाएकै थिए केहि गर्छौ ,भन्दा मैले सहयोग गर्छु भनेकै थिए । म कहिलेपनि उनको खुशीमा वाधक बनेको थिइन् । उनीले इच्छाएका हरेक जाहेज कुरामा मेरो पूर्ण समर्थन रहने वाचा गर्दथे । मेरो मायामा कमि होला कि भनेर म हरेक पल उनलाई सदा खुशी राख्न लागिरहे । हो म उनलाइ माया र विश्वास गर्थे आफैलाई भन्दा बढि । उनले मायाको अभावको जिन्दगी गुजार्न नपरोस, उनलाई कसरी खुशी राख्न सक्छु भन्ने बारे सोचि रहन्थे । उनको खुशीनै मेरो खुशी हो लाग्थ्यो । हरेक पल मैले उनको खुशीको लागि खचिर्न चाहान्थे । उनलाइ खुशी दिनु मेरो शौभाग्य हो म यहि सोच्थे । आखिर मेरो के भूल थियो उनले मलाई सधै पर्दामा राख्न चाहिन् । मैले माया गर्दा गर्दै साथ दिन्छु भन्दा भन्दै उनले किन यस्तो गरिन आखिर यो सब के का लागि गरिन् यस्तै प्रश्नहरुले मेरो मन मष्तिस्कमा बारम्वार महाभारत मच्चाई रहन्छ ।
‘‘पर्दैन, होस् त्यस्तो काम,’’ आमाले भनेकी थिइन् उसलाई।
‘‘विचारालाई साह्रै दु:र्ख भयो, हामीले हेर्न सकेनौँ…’’ वर्ष दिनअघि एकैचोटि राम्रो ओहोदामा पुगेकी बहिनीले पनि थपेकी थिई।
हुन पनि राम्रै ओहोदामा पुगेपछि अवकाश ग्रहण गर्ने बाबुको पेन्सन थियो। त्योभन्दा राम्रो ओहोदामा पुगेकी आमाको नोकरी अझै सात-आठ वर्षै थियो। तुलनात्मक दृष्टिकोणमा अझ माथि पुगेकी बहिनीको पनि घरदेखि टाढ़िने छॉंटकॉंट देखिँदैन्थ्यो। त्यसलै उसलाई उसका कतिजना साथीहरूझैँ घुमिहिँड़्दा हुन्थ्यो।
तर पोहोर मार्च महिनाको पहिलो दिन प्रेमकुमारले स्थानीय गैर सरकारी अङ्ग्रेजी स्कुलमा गणित शिक्षकका रूपमा नियुक्ति लियो।
प्रेमकुमार। झन्डै-झन्डै नामजस्तै मान्छे। मृदुभाषी, अल्पभाषी। अल्पभाषी भएकैले पनि मृदुभाषी। रिसाउनु कहिल्यै नजान्ने। कुनै दिन कसैले नराम्रो केही भनिदिए पनि उठेका रिसहरू जम्मै अनुहारसम्म आइपुग्दा रूप फेरेर दु:ख बनिहाल्ने। दु:खी देखिने, त्यो पनि केही क्षणलाई मात्रै।
‘‘सिधा सर’’ केटाकेटीले महिना दिनमै विशेषण पनि दिइहाले उसलाई। एउटी मिसले सुनाएकी थिई।
सुनेर पी.के. सर मुसुक्क हॉंसेको थियो।

अनुहारजस्तै सफा हृदयको सिधा प्रेमकुमारलाई जुँगाचाहिँ औधि मन पर्छ, पुराना दक्षिण भारतीय सिनेमाका अधिकत्तर नायकहरूको जस्तो घोप्टे बाक्लो। नआउने पनि होइन जुँगा उसको तर रेखी बस्न थालेदेखि नै खौरने गरेकोले दिन बिराएर जुँगा नखौरी सक्दैन ऊ। बानी अब बाध्यता भएकैले पनि उसलाई जुँगा साह्रै मन पर्छ।
शिरमा फेटा बॉंधेको, चौड़ादार छात्तीको अग्लो कदको, कम्मरमा तरवार पनि झुन्डाएर उभेको जुँगे मान्छेको ठुलो नक्सा, ठुलो फ्रेममा रहेछ भित्तामा, ठूलो स्टुडियोको। साथीसित साथी गइदिएको उसले देखेको थियो। त्यो दिन देखेपछि, स्टुडियोको भित्ताको फ्रेमको त्यो जुँगे पुरुषले उसको मस्तिष्क भएर आँखामा घरिघरि आउन थालेको थियो।

Tuesday, September 3, 2013

वैज्ञानिकले बनाए विश्वकै पातलो कि बोर्ड

बेलायती वैज्ञानिकहरुले विश्वको अहिलेसम्मकै सबैभन्दा पातलो तथा लचकदार कम्प्युटर कि बोर्ड आविष्कार गरेका छन् । कागज जत्तिकै पातलो यो किबोर्डको सतहको जुनसुकै भाग स्पर्श संवेदनशील रहेको बताइएको छ ।
1
प्रविधि कम्पनी क्याम्बि्रज सिलिकन रेडियोले उत्पादन गरेको उक्त किबोर्ड आधा मिलिमिटर मात्र बाक्लो छ । कम्पनीका अनुसार यो कि बोर्डले कागज जस्तो पातलो, तारवीहिन तथा स्पर्शबाटै चल्ने भविष्यको कम्प्युटरको दिशा इंगित गरेको बताएका छन् ।
2
यो किबोर्डलाई ट्याबलेट तथा स्मार्टफोनको कि बोर्डको रुपमा पनि प्रयोग गर्न सकिने र यसबाट स्मार्टफोन प्रयोगकर्ताले ठूलो आकारको किबोर्डबाटै आफ्नो मोबाइलमा म्यासेज लेख्न सक्ने कम्पनीको भनाइ छ ।
3

Monday, September 2, 2013

एउटा बिरामीको बिछोड प्रेम कथा :



सधैं आमा मेलामा जानुहुन्थ्यो । बुवा परदेशमा भारी बोक्न । पत्याउनुहुन्छ भने मैले आफु नौ बर्षको हुँदादेखी खेतबारी जोत्न थालेको । त्यसैले त मान्छे पनि हलोको अनोक भन्दा अल्को [अग्लो] नभा'को, हा हा !!! त्यही त गाउले जिन्दगी । घरबाट धेरै तल सिर्दी खोलामा बुवाले केही सुर्को खेत जोड्नुभएको थियो । आफुभन्दा लामो हलो, घरमा भएको लाले गोरु अनी ठुलो बुवाको घरमा भएको चम्रे गोरु लिएर एक बिहानै म खोलाको खेतमा गोरु नार्न पुग्थे । सानो मान्छे, टाढाको खेत र अफ्ट्यारो बाटो । जाबो दुई घण्टामा कति नै जोत्न सकिन्छ र ? आफु फेरी पाठशाला पुग्नु छ । बन पार गर्दै उकालीदा बाटामा पर्ने १३ किलो बजारबाट आफ्नै स्कुल पढ्ने साथीहरु आठै बजे बसमा चढेर स्कुल लाग्थे । कोही छतमा बसेर फ्रूटी चुस्दै त कोही बसको ढोकामा झुन्डेर वाइ-वाइ चपाउदै । तर प्राय म हलो खेतमा गाडेर जुवा चाँही अरुले चोर्लान भनेर आफ्नै काधमा लट्ठिले अड्याउदै उकालीन्थे ।

यसरी नै चले आफुले जाने देखिको बालकाल र स्कुले जिबन । एक दिन परिवार सँग टन्टलापुर घाममा घैया गोड्दै गर्दा दिउसै कता कता एकदम डर लागेर आयो । किनकी एस एल सिको नतिजा आउने बेला भइसकेको थियो । आफु हिसाब भने पछी कुनी के हो आउने । अगाडि परेकी साथीको [जो कक्षामा दोस्रा थीइन] को चोरेर पास हुने आस । रामाराम, त्यो एस एल सि फेल भएको भए म आजसम्म हिसाबकै परिक्षा दिइरहेको हुन्थे । त्यसै डरको बिचमा आफुमा पनि सपनाको नगरि "नेपाल शहर" जाने रहर जागेर आयो । १५ बर्षको उमेरमा बुवा सँग ५०० रुपैया लिएर काठमाडौं आएपछी हामीहरुले गाउबाट आएपछी गरिने दु:ख त पहिले नै लेखिराखेको हुन्छ नै । छैटौ दिनमा पुर्पुरोमा जस्तो लेखिएको थियो, त्यस्तै दु:ख गरियो, बसियो, चलियो अनी चलाइयो । खैर प्रसँग अर्कै तिर गयो जस्तो छ ।

तिमीलाई लेखेको चिठी

तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद, सपनिमा देखिएको तिम्रो झझल्कोले होला । ती पुराना यादहरुले होलान । टुसुक्क बसेर मसी सकिन लागिसकेको कलम खाली पानाहरुमा कुदाएं । अनी शुरुवात गरें, लेख्न ;

"प्रियतम, सात समुन्द्रपारिको यो परदेशबाट धेरै धेरै सम्झना तिमीलाई । आरामै त हौली भनी आशा मात्र गरेको छु । भरोशा र विश्वाशका खातिर तिमीले अरु कसैको काखी च्यापेपछी मलाई सम्झना भन्दा फगत केही नमिल्नेरहेछ ।"

चिनाजानिमा मैले लेखेको पुरानो अपुरो चिट्ठी को याद आयो । त्यसैमा कोरिएको एक हरफको ;

"आंशु पिइ बांचिरेहें, सपनिमै नांचिरहें,
हेपिएको दिन सम्झन, औंलाहरु भांचिरहें ।"
(मैले लेखेको यो टुक्रा, हाम्रा आदरणिय गुरु, संगीतीज्ञ गुरुदेब कामतको संगीतमा साथी सबनमजीले ०५५ सालको गुरुपुर्णिमामा डोरेमी संगीत पाठशाला जमलमा रेकर्ड गराउनुभएको थियो । )

हो, यिनै माथिका हरफहरु चरितार्थ भएका छन, आजकाल मेरा दैनिकिहरुमा । अनी सकी नसकी मन बुझाई भन्नु परेको छ, म पनि यही संसारको कुनै कुनोमा केबल बांचेको छु । अहिले तिनै हरफहरुलाई सच्चाएर, तिमीलाई लेखेको चिट्ठीमा मैले यो लाइनहरु रिमिक्स गरेर थपेको छु ।

आंशु पिइ बांचिरहेछु म, तिमी आनन्दिको संसारमा डुले'नी,

Sunday, September 1, 2013

११ सय फिटमाथिबाट हि्वलचेयरमा हुत्तिँदा (फोटोफिचर सहित)


20

हिम्मत भयो भने केही कुराले रोक्दैन भन्ने कुराको सही उदाहरण क्यानडाका एक जना व्यक्तिले पेश गरेका छन् । क्यानडाका एक ४८ वर्षीय अपांग पुरुषले हि्वलचेयरमा बसेर चीनको अझाइ पुलको ११ सय फिट उचाइबाट हाम फालेका छन् ।
लोन्नी बिसोनेट नामक ती पुरुषले पुलबाट हाम फाल्दा ८० माइल प्रतिघण्टाको बेगमा तल हुत्तिएका थिए । अलि तल झरेपछि प्यारासुटमार्फत उनी सकुसल भुइँमा ओर्लिए । यसअघि यस्तै साहसिक जम्प गर्दा भएको दुर्घटनाका कारण हिँडडुल गर्न नसक्ने तथा बाँया हात समेत चलाउन नसक्ने अवस्थाका बिसोनेटको हिम्मत अझै कम भएको छैन । बेस जम्पिङले आफुलाई निकै रमाइलो अनुभुति गराउने र यस्तो आनन्द आफुले अरु कुनै चिजबाट नपाउने उनी बताउँछन् । उनले यसअघि पनि विभिन्न डरलाग्दा ठाउँबाट हाम फालेर सबैलाई चकित बनाइसकेका छन् ।
1
2
3

डियर कल्याणको मेरो कथामा समर्पणको कथा


1Share print

{ मन मनै मन पराए } नेपाली फिलिम


Man Manai Man Paraye

Yeh Jawaani Hai Deewani (2013)



Yeh Jawaani Hai Deewani (2013)

hindi movie Nasha

New Realeased Movies

Server - 1

Server - 2
Nasha (2013)