Blogroll

Monday, January 6, 2014

अनौठो चोर, अनौठो चोरी,, पढ्नु भयो भने तपाई त छक्क पर्नु हुन्छ होला


अनौठो चोर, अनौठो चोरी,, पढ्नु भयो भने तपाई त छक्क पर्नु हुन्छ होला,,,,,

तपाईले लाखौ, करौडौको चोरी गर्ने चोरको बारेमा देख्नु र सुन्नु भएको छ होला । तर यस चोरको बारेमा न त तपाईले कही सुन्नु भएको होला न त कही देख्नु नै भएको होला ।
 
 हफपोस्टको खबर अनुसार डेविड चाल्र्स नामको यस व्यक्ति माथि मानव मस्तिष्क चोरी गरेको आरोप छ । डेविडले एक दिमाग इण्डियाना मेडिकल हिस्ट्री म्यूजियमबाट चोरी गरेको हो । डेविडले चोरी मात्र होइन कि अन लाइन शपिंग साइट ई–बे मा समेत बेचिदिएको बताइएको छ । जसको मूल्य १ सय डलर राखिएको थियो ।
 
 जाँचकर्ताका अनुसार चाल्र्सलाई एक स्टिंग अपरेशन अन्तर्गत पक्राउ गरिएको हो । जहाँ उनले दिमागको खरिदबिक्रिको लागि उसलाई सम्पर्क गरिएको थियो । यस पुरा प्रक्रियापछि म्यूजियमलाई आफ्नो दिमाग पाएको छ । 
 
यो दिमाग १८४८ देखि १९९४ बिच उपचार गरिएको एक बिरामीको भएको बताइएको छ ।

No comments:

Post a Comment