माफ पाउँ है ! मैले केहिदिन अगाडी ‘विन्डोज ८’ सित्तैमा कहाँबाट ‘डाउनलोड’ गर्ने ? भन्ने ब्लगमा सित्तैमा विन्डोज ८ डाउनलोड गरेर ट्राइ गर्ने बिधिका बारेमा लेखेको थिएँ । त्यही दिन वा त्यसको भोलीपल्ट नै त्यहाँबाट डाउनलोड गरिएको सफ्टवेयर (Windows 8 ISO images) लाई कसरी बुटेबल बनाउँने भनेर लेख्छु भन्ने सोचेको थिएँ, तर आजमात्र यसबारे लेख्दैछु । तपाईले विन्डोज ८ परिक्षण गर्न माइक्रोसफ्टको त्यही सफ्टवेयर डाउनलोड गर्नु भएको छैन भने यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस् । सो सफ्टवेयर Windows 8 ISO images सफ्टवेयर हो । यसलाई सजिलै कम्प्युटर बुट गर्न सकिने बुटेबल डिभिडी वा पेनड्राइभ (फ्लास्क डिस्क) बनाउँन सकिन्छ । त्यसको प्रयोग गरेर तपाईले विन्डोज ८ को सित्तैमा उपयोग गर्न पाउँनु हुनेछ ।
सबैभन्दा पहिले तपाईले विन्डोज ८ को आइएसओ इमेज (Windows 8 ISO images) डाउनलोड गरेको हुनु पर्छ (डाउनलोड गर्नु भएको छैन भने माथि फेरि पढ्नुहोस्) । त्यसपछि बुटेबल डिभिडी वा फ्लास्क डिस्क बनाउँन विन्डोज विन्डोज ७ डिभिडी/युएसबि टुल (Windows 7 DVD / USB tool) डाउनलोड गरेर इन्स्टल गर्नुहोस् ।
No comments:
Post a Comment