
कनेक्टिफाइ (connectify) सफ्टवेयरको प्रयोग गरेर ल्यापटपदेखि वाइफाइ छोड्न सकिन्छ । यसका लागि सबै भन्दा पहिले यहाँ क्लिक गरेर कनेक्टिफाइ डाउनलोड गर्नुहोस् ।
कनेक्टिफाइ डाउनलोड गरेर इन्स्टल भएपछि कम्प्युटर रिस्टार्ट गर्नुहोस् । कम्प्युटरको दाँया भागको सबैभन्दा तल यस्तो बक्स खुल्नेछ । यदि यस्तो बक्स नदेखिए स्टार्ट मेनुमा क्लिक गरेर कनेक्टिफाइ ओपन गर्नुहोस् ।
माथि देखिए जस्तै बक्समा आफुले चाहेको नाम र पासवर्ड भरेपछि start hotspot मा क्लिक गर्नुहोस् । वाइफाइ सुरु हुन्छ । वाइफाइ जोड्नु पर्ने डिभाइसमा राखिएको नाम खोजेर त्यसमा पासवर्ड राखेर वाइफाइ प्रयोग गर्न सक्नु हुन्छ । तपाईले ल्यापटपबाट छोडेको वाइफाइबाट इन्टरनेट चलाउँन ल्यापटपमा भने कुनै प्रकारले पनि इन्टरनेटको स्रोत हुनुपर्छ । नत्र तपाईको ल्यापटपबाट छोडिएको वाइफाइबाट लोकल वाइफाइ कनेक्सनमात्र हुन सक्छ । इन्टरनेट नभएपनि यसबाट तपाईले कुनै डिभाइसलाई आफ्नो ल्यापटपसँग कनेक्ट भने गर्न सक्नुहुनेछ । यस्तै वाइफाइलाई प्रयोग गरेर तपाईले यसरी मोबाइललाई वायरलेस माउस र किबोर्ड बनाउँन सक्नुहुन्छ ।
यो कनेक्टिफाइको ट्रायल भर्सन हो । तपाईले ट्रायल भर्सन चलाउँदा कतिपय सुविधाहरु हुदैनन् । तर पनि व्यक्तिगत प्रयोजनका लागि उपयुक्त नै हुन्छ ।
No comments:
Post a Comment