Blogroll

Tuesday, October 8, 2013

ओखर खाने पुरुष प्रजननमा अब्बल

ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ बनाउने पछिल्लो अध्ययनले देखाएको छ । अध्ययन अनुसार दिनमा दुइ मुठी जति ओखरको गुदी खानाले तन्नेरीहरुको शुक्रकिटलाई स्वस्थ राख्दछ ।
अध्ययनको क्रममा १२ हप्तासम्म भोजनमा नियमित रुपमा ओखर सेवन गरेका पुरुषहरुमा शुक्रकिटको आकारप्रकार, गति तथा स्वास्थ्यमा निकै धेरै सुधार आएको पाइएको थियो ।

खासगरी ओखरमा रहेको फ्याट्टी अम्लले शुक्रकिटको विकाशमा सघाउ पूराउने अध्ययनकर्ताको निष्कर्षछ । त्यसैले ओखर पुरुषको बाँझोपनको उपचारमा समेत सहायक सिद्ध हुनसक्ने अनुमान गरिएको छ ।
बेलायतको शेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ओखर सेवन गर्ने पुरुषको अण्डकोषमा बढि शुक्रकिट उत्पादन हुनुका साथै त्यस्ता शुक्रकिट स्वस्थ समेत हुन्छन् । प्रमुख शोधकर्ता एलान प्यासीले यस्ता अध्ययनका निष्कर्षाई खिसिट्युरी गर्न सजिलो हुने भएपनि आफुहरुको अध्ययनले निकै महत्वपर्ूण्ा तथ्य पत्ता लगाएको र यसले प्रजनन स्वास्थ्यमा ठूलो भूमिका निर्वाह गर्ने बताएका छन् ।
अध्ययनको क्रममा लिइएका २१ देखि ३५ वर्षसम्मका ११७ जना पुरुषहरुलाई दुइ भागमा विभाजन गरिएको थियो । त्यसमध्ये एक समूहका पुरुषलाई दैनिक ७५ ग्राम ओखरको गुदी खान दिइयो । तर अर्को समूहका पुरुषलाई ओखर खान दिइएन । १२ हप्तापछि ति दुइ समूहका पुरुषको विर्यको परिक्षण गर्दा नियमित ओखर खाएका पुरुषको विर्यमा शुक्रकिटको मात्रा बढि हुनुका साथै शुक्रकिट बढि स्वस्थ भएको पाइयो भने ओखर नखाएका पुरुषको शुक्रकिटमा कुनै फरक आएन ।

No comments:

Post a Comment