Blogroll

Saturday, October 12, 2013

अब मोबाइल फोनले सांग्ला मार्न सकिने !

सांग्लाका कारण दिक्क नहुने को होला ? सहर होस् वा गाउँ सांग्लाको संख्या बढिरहेको छ यो घर तथा कोठाको लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनिरहेको छ । सांग्ला नियन्त्रणका लागि विभिन्न खाले औषधिहरु नभएका होइनन् तर सांग्लो जब्बर बन्दैछ र त्यस्ता औषधि समेत पचाउन थालेको छ । अर्थात् सांग्लो विषादी प्रतिरोधी बन्दै गएको छ । यो चिन्तालाई सम्बोधन गर्न वैज्ञानिकहरुले नयाँ उपाय पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसबाट तपाइँ आफ्नो मोबाइलले सांग्ला मार्न सक्नुहुनेछ ।
coc1
अमेरिकाको मिचिगनमा रहको कम्पनी ब्याकयार्ड ब्रेन्सका वैज्ञानिकहरुले संाग्ला मार्नका लागि मोबाइल एप्लिकेसन तथा सानो सांग्ला आकारको उपकरणको निर्माण गरेका छन् । रोबोक्रोच नामको उक्त उपकरण सांग्लामाथि जाइ लाग्छ र करेन्ट लगाएर सांग्लालाई मारिदिन्छ ।
यो उपकरणले सुरुमा सांग्लाको एन्टिनालाई उत्प्रेरित गराएर सांग्लालाई दायाँ र बायाँ घुमाउँछ । यो उककरण स्मार्टफोनको एप्लिकेसनसँग आबद्ध हुन्छ र स्मार्टफोनबाटै संचालित गरिन्छ । अर्थात् मोबाइलको प्रयोग यसमा रिमोट कन्ट्रोलको रुपमा गरिन्छ । यो उपकरणले सांग्लालाई आफुतर्फआकषिर्त गरी सुपर ग्लुले टाँस्दै सांग्लामाथि चढ्छ र त्यसपछि सांग्लाको गर्धनको क्षेत्रबाट एउटा तार घुसाइदिन्छ र त्यसपछि करेन्टको झट्का सिर्जना गरी सांग्लोलाई मारिदिन्छ ।
coc2
४.५ ग्रामको उक्त उपकरणमा हुने ब्याट्री एकपटक चार्ज गरेपछि १२ घण्टासम्म चल्नेछ । यो उपकरण चलाउने एप्लिकेसन एप्पलका आइफोन तथा आइप्याडका साथै एन्ड्रोइड युक्त मोबाइलमा समेत प्रयोग गर्न सकिने बताइएको छ ।

No comments:

Post a Comment