गुगलदाईको सहयोगले इन्टरनेटको संजालमा रमाइरहदाँ भेटिएका केही रमाइला तथा उपयोगी कम्प्युटर टिप्सहरु यहाँहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ मन पराइदिनुहुनेछ ।
Create a folder without Name
हामी सबैलाई थाहा भएको कुरा बिना नाम कुनै पनि फोल्डर बनाउन सकिदैँन तर यो टिप्स प्रयोग गरेपछि हजुरले नामै नभएको फोल्डर तयार पार्न सक्नुहुनेछ । जसको लागिः
1. कुनै एउटा फोल्डरमा राइट क्लिक गरी Rename मा क्लिक गर्नुहोस ।
2. अब नाम मेटिदिनुहोस(Delete) र खाली बनाउनुहोस ।
3. अब Keyboard मा रहेको alt Button एउटा औलाँले च्यापेर 0160 टाइप गर्नुहोस अनि इन्टर दबाउनुहोस ।
यति गरेपछि हजुरको फोल्डर नामबिनाको हुनेछ ।
Speed of your computer
अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स ।
जसको लागिः
1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।
2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।
3. अब चित्रमा झै पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस